• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर २०, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • २हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • ३‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण
  • ४बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते
  • ५ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?
  • ६राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।
  • ७बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार
  • ८आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।
  • ९३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
  • १०साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो
  • ११बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट
  • १२एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य
  • १३माछा मार्ने क्रममा दहमा डुबेर एक पुरुषको मृत्यु ।
  • १४ओमान र मलेशियाबीच प्रतिस्पर्धा, यूएईले दियो नेपाललाई १ सय ४८ रनको लक्ष्य ।
  • १५विश्व एड्स दिवस नेपालमा पनि मनाइँदै, ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

राष्ट्रपति भण्डारीविरुद्ध आक्रामक बन्दै सत्ता गठबन्धन


उज्यालो समाचार September 21, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । गठबन्धनका शीर्ष नेताहरुलाई कानुनविदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालत जान सकिने सुझाव दिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बुधबार साँझ गठबन्धनका नेताहरुले कानुनविदहरुसँग परामर्श गरेका थिए। सदनबाट पारित गरेर दोस्रोपटक प्रमाणीकरणका लागि सरकारले राष्ट्रपतिलाई नागरिकता सम्बन्धी विधेयक पठाएकोमा मंगलबारसम्मको समयसीमामा राष्ट्रपतिले प्रमाणीकरण गरिनन्।

राष्ट्रपति भण्डारीले विधेयक अस्वीकृत गरेसँगै गठबन्धनले छलफललाई तीब्रता दिएको छ।

बुधबार बिहान गठबन्धनको बैठकले भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि प्रहार भएको निष्कर्ष निकालेको थियो। साँझको कानुन विदहरुसँगको परामर्शमा कानुनविदहरुले राष्ट्रपति भण्डारीको कदम असंवैधानिक भएकोले कानुनी उपचार खोज्न सकिने राय दिएको सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘सबै कानुनविदहरुको निष्कर्ष छ संविधान अनुसार प्रमाणीकरण गर्नुपर्छ। नगरेर असंवैधानिक काम गर्नु भयो भन्ने उहाँहरुको निष्कर्ष छ,’ कार्कीले भने।

गठबन्धनले भने राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने नजाने भन्नेबारेमा भने निर्णय गरिसकेको छैन। ‘उहाँहरुले सल्लाह दिनुभएको छ। छलफलपछि एउटा बाटोमा जान्छौं हामी,’ उनले भने।

सत्ता घटक दलका नेताहरुले प्रधानमन्त्री देउवालाई राष्ट्रपतिविरुद्ध अदालत जानुपर्ने बताइरहेका छन्। नेकपा (माओावादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बुधबार काठमाडौंमा आयोजित फरक फरक कार्यक्रममा अदालत जाने बारेमा गठबन्धानमा छलफल भइरहेको बताएका थिए।

यस्तै बालुवाटारको परामर्शमा केही कानुनविदहरुले विधेयक प्रमाणीकरण नभए पनि विधेयकलाई राजपत्रमा प्रकाशन गर्नुपर्ने सुझाएका छन्। केही कानुनविदहरुले भने प्रमाणीकरणका लागि उपराष्ट्रपति कहाँ जान सुझाएका छन्। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीको आलोचना गरेका छन्। ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन,’ पुनले विज्ञप्तिमा भनेका छन्।

राष्ट्रपति भण्डारीलाई प्रमाणीकरणका लागि सरकारले साउन १६ गते पहिलोपटक विधेयक पठाएको थियो। उक्त विधेयकलाई उनले प्रमाणीकरण गर्न अस्वीकार गरेर आफ्नो सन्देशसहित संसदमै फिर्ता पठाएकी थिइन। विधेयक फिर्ता भएपछि पनि सत्ता गठबन्धनले उक्त विधेयकलाई हुबहु प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरेको थियो। आफ्नो सन्देशलाई विधेयकमा नसमेटेको भन्दै राष्ट्रपति भण्डारी सरकारसँग असन्तुष्ट बनेकी थिइन। उनले पछिल्लो समय विभिन्न व्यक्तिहरुसँग नागरिकता विधेकका बारेमा समेत परामर्श गर्दै आएकी थिइन।

विधेयकलाई राष्ट्रपतिले दोस्रोपटक पनि अस्वीकार गरेपछि सत्ता गठबन्धनमा भने केही अलमल देखिएको छ। अदालत जाने, अध्यादेश ल्याउने या राजपत्रमा प्रकाशन गर्ने भन्नेबारेमा गठबन्धनमा अलमल देखिएको हो।

गठबन्धनका नेताहरुले राष्ट्रपतिविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन्। राष्ट्रपति भण्डारीको पूर्व पार्टी नेकपा (एमाले) ले भने औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन। गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चाले भण्डारीको कदमलाई विरोध गर्न अस्वीकार गरेको छ। जनमोर्चाले नमानेपछि गठबन्धनका ४ दलले मात्रै राष्ट्रपतिविरुद्धको विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

यस्तै सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी तथा युवा संगठनहरुले भने राष्ट्रपतिको पक्ष/विपक्षमा प्रदर्शन गरेका छन्। बुधबार एमाले निकट युवा संघले राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेको थियो भने माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपतिको पुतला दहन गरेको थियो।

सम्बन्धित पोस्ट
  • धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण
  • बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?

    राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।

    बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार

    आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार

    बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट

    उज्यालो समाचार

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑