• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ २४, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।
  • २कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।
  • ३‘मलाई लाञ्छना लगाउने तपाईं को हो?’ – प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई सीधा जवाफ
  • ४बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।
  • ५सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।
  • ६४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!
  • ७भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।
  • ८वीरगन्जको कृषि औजार कारखाना महावीर पुनको मात्र नभई हामी सबै नेपालीको हो : विद्यार्थी प्रनव अर्याल
  • ९अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।
  • १०मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।
  • ११अध्यक्ष नेपाल माथिको कटाक्षपछि: झाक्रीलाई सोध्यो स्पष्टीकरण।
  • १२देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?
  • १३करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा
  • १४वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको पर्यटनमन्त्री पाण्डेको भनाई ।
  • १५लिफ्ट बनाउने क्रममा घरको चौथो तलाबाट खसेर २ जना कामदारको मृत्यु ।
होमपेज /  मुख्य समाचार

राष्ट्रपति भण्डारीले संसदको घोर अपमान र अवमूल्यन गरेको सत्ता गठबन्धनको निष्कर्ष


उज्यालो समाचार September 22, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धनले यसबारे कानुनी उपचार खोज्न छलफल गरेको छ।

संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक गत मंगलबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

संविधानको प्रावधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि अस्वीकार गरेर संसदको घोर अपमान र अवमूल्यन गरेको निष्कर्ष सत्ता गठबन्धनको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधबार बालुवाटारमा संविधानविद्हरू र कानुनका जानकारसँग पनि छलफल गरेका थिए।

उक्त छलफलमा संविधानविद्हरू र कानुनविद्हरूले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कार्य भएको बताएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘संविधानविद् र कानुनविद्हरूले आफ्ना सुझाव दिनुभयो। समग्रमा संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक कार्य गर्नुभयो भन्ने निष्कर्ष निस्कियो। यो कुरालाई सबैले मनन गर्नुपर्छ,’ उनले भने।

उनले राष्ट्रपतिको कदमबारे छलफल गरी कुनै एक बाटोमा जाने पनि बताएका छन्। ‘हामी छलफल गर्दैछौं, संविधानविद् र कानुनविद्हरूसँग सल्लाह गरेर एउटा बाटोमा जान्छौं।’

छलफलमा सहभागी एक कानुनविदले बताएअनुसार संविधानको व्यवस्थाअनुसार संसदबाट पारित विधेयक पहिलो पटक सन्देश सहित राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने भए पनि दोस्रो पटक भने प्रमाणीकरण गर्नुपर्नेमा त्यसो नगरेकोबारे कुराकानी भएको थियो।

‘राष्ट्रपतिले नागरिकता विधेयक इन्कार गर्न संविधानअनुसार मिल्‍दैन,’ ती कानुनविद्ले भने, ‘संविधानको संरक्षक पनि भएकोले राष्ट्रपति सं‌वैधानिक व्यवस्थाबाहिर जान मिल्दैन। राष्ट्रपतिबाट संविधानको सीमा उल्लङ्घन गर्ने काम भयो भनेर हामीले पनि भनेका छौं।’

सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बुधबार खुमलटारमा आयोजित एक कार्यक्रममा राष्ट्रपतिको कदमबारे कानुनी उपचार खोजिने बताएका थिए। सत्ता गठबन्धनभित्र राष्ट्रपतिका कदमविरूद्ध सर्वोच्चमा जान सकिनेबारे पनि छलफल भएको छ। संविधानविद् र कानुनविद्हरूले पनि अदालत जान सकिनेबारे सुझाव दिएका थिए।

सम्बन्धित पोस्ट
  • रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।
  • कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।
  • बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।
  • सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

    कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

    ‘मलाई लाञ्छना लगाउने तपाईं को हो?’ – प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई सीधा जवाफ

    बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।

    सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।

    ४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!

    भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।

    वीरगन्जको कृषि औजार कारखाना महावीर पुनको मात्र नभई हामी सबै नेपालीको हो : विद्यार्थी प्रनव अर्याल

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।

    उज्यालो समाचार

    रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

    कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

    बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।

    सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।

    ४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑