काठमाडौँ । आज भक्तपुरमा आज राँगो दौडाउने जात्रा हुँदैछ । यहाँको दशैँको सबैभन्दा आकर्षक मानिने खमेय जात्रा अर्थात् राँगो दौडाउने जात्रा आज महानवमीका दिन हुँदैछ ।
जात्रालाई व्यवस्थित गर्न स्वयमसेवक परिचालन गरिने भएको छ । हिजो सोमबार भक्तपुर नगरपालिका– ९ को कार्यालयमा बसेको सरोकारवालासँगको भेलाले जात्रालाई थप व्यवस्थित बनाउन स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको थियो ।
भक्तपुरमा महानवमीका दिन जात्राको प्रचलन रहिआएको छ । जात्राको क्रममा भक्तपुर नगरपालिका वडा नं ९ स्थित नवदुर्गा द्योछें (देवता घर) मा पालेर राखेको बडेमानको खम्ये अर्थात् राँगोलाई दौडाउने गरिन्छ । दौडाउनुअघि रक्सी खुवाएर राँगोलाई मताउने गरिन्छ । अनि सयौं बलिया युवाहरूले राँगोलाई लखेट्दै दौडाएर जात्रा मनाइन्छ ।
जात्रामा भीड हुने र मातेको राँगो अनियन्त्रित भएर दुर्घटना हुन सक्ने भएकाले साथै उच्छृंखल गतिविधि हुन नदिनका लागि जात्रालाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको बताइन्छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल