आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल समूह ‘ए‘ को उपविजेतामै सीमित भएको छ। लगातार दुई खेल जितेरसेमिफाइनलमा स्थान पक्का गरेको नेपाल बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५ रनलेपराजित भयो।
नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारमा पुग्यो। अब सेमिफाइनलमा नेपालले समूह ‘बी‘ को विजेता रओमानले समूह ‘बी‘ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी–२० विश्वकपको टिकटकाट्नेछन्।
बिहीबार कीर्तिपुरमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १४० रन जोड्न सक्यो।
नेपालले पावरप्लेको ६ ओभर सकिदा महत्वपूर्ण ३ विकेट गुमाएको थियो। नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख ५ रनमाआउट हुँदा त्यसपछि मैदान आएका सोमपाल कामी १२ रन बनाएर आउट भए।
यस्तै छैटौं ओभरको अन्तिम बलमा कुशल भुर्तेल २६ रनमा मेहरान खानबाट बोल्ड
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com