काठमाडौं । दशरथ रंगशालामा भएको नेपाल र भारतको फुटबल खेलमा विवाद उत्पन्न भएको छ। नेपालका डिफेन्डर रेखा पौडेललाई खेलको क्रममा रातो कार्ड दिइएपछि नेपालले खेललाई १० खेलाडीमै अघि बढाएको थियो।
रातो कार्ड पाएको पाँच मिनेटपछि भारतीय टोलीले गोल गर्दै खेलमा अग्रता लिएको थियो। गोलपछि भारतीय खेलाडीहरुले उत्सव मनाइरहँदा खेल सुरु गर्ने सिठी बजिसकेको थियो। नेपाली टोली तयारी अवस्थामा हुँदा भारतीय खेलाडीहरु, विशेषतः गोलरक्षक, अझै उत्सवमै व्यस्त देखिन्थे। यो अवसरमा नेपालले बल चलाउँदै गोल गरेको थियो।
तर, रेफ्रीले गोललाई मान्यता नदिँदा दशरथ रंगशालामा विवाद उत्पन्न भएको छ। नेपाली समर्थक तथा खेलाडीहरुले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेपछि रंगशालामा केहीबेर तनावको स्थिति सृजना भएको थियो। भारतीय टोलीका केही खेलाडीले गोललाई अवैध ठहर गर्दा नेपाली समर्थकले विरोध स्वरुप नाराबाजी गरे।
यो विवादको कारण खेलमा केही समय अवरोध भएको छ भने रेफ्री र दुबै टोलीका व्यवस्थापकहरुबीच छलफल जारी रहेको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com