काठमाडौँ, २०८२ वैशाख २४ (बुधवार) — काठमाडौँ महानगरपालिकाले ‘पूर्ण खोप सुनिश्चित अभियान’ आजदेखि सुरु गरेको छ। महानगरका ३२ वटै वडामा सञ्चालन हुने यो अभियान वैशाख २४ देखि २७ गते (बुधवारदेखि शनिवार)सम्म चार दिन सञ्चालन हुनेछ।
उक्त अभियान अन्तर्गत ५ वर्षमुनिका बालबालिकाहरूले खोप प्राप्त गरेका छन् वा छैनन् भन्ने अवस्था बुझ्नका लागि स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको टोलीले घर-घरमै पुगेर विवरण संकलन गर्नेछ। यस अभियानको उद्देश्य खोपबारे जनचेतना अभिवृद्धि गर्नुका साथै अभिभावकहरूलाई जानकारी गराउनु हो, ताकि कुनै पनि बालबालिका खोपबाट बञ्चित नहोस्।
विशेषगरी काठमाडौँ महानगरपालिका–३२ नं. वडामा समेत अभियानलाई सफल बनाउने उद्देश्यले टोलीहरू परिचालन गरिएको छ। वडास्थित मेडिकल अधिकृत डा. अर्जुन सुवालले जानकारी दिनुभयो, “यस अभियानबाट हामीले वडाका सम्पूर्ण बालबालिकाको खोप अवस्थाको यकिन तथ्यांक संकलन गर्नेछौं। खोप छुटेका वा खोपबारे अभिभावकहरूलाई जानकारी नभएका घरपरिवारलाई सचेत गराउने हाम्रो उद्देश्य हो।”
स्वास्थ्य सेवा कार्यालयले आम नागरिकलाई सहयोग गर्न आग्रह गर्दै, टोली घरमा आइपुग्दा आवश्यक विवरण दिन सहज वातावरण बनाउन अनुरोध गरेको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com