पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१२ मुर्लीस्थित नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन्। शुक्रबार साँझ एकै दिनमा ३० जनाभन्दा बढीमा झाडापखाला देखिएपछि गरिएको परीक्षणमा छ जनामा हैजाको जीवाणु (कोलेरा) पुष्टि भएको हो।
तराई हस्पिटलमा बिरामीको चाप बढेपछि गरिएको परीक्षणमा हैजाको जीवाणु पाइएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ। नारायणी अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय पर्साको समन्वयमा शुक्रबार अबेर रातसम्म तीन र शनिबार बिहान थप तीन गरी छ जनामा हैजा पुष्टि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले करिब दस वर्षपछि पर्सामा हैजाको प्रकोप देखिएको बताए। उनका अनुसार हैजा विस्तारै फैलिने संकेत देखिएकाले समयमै सतर्कता नअपनाए महामारीको रूप लिन सक्ने जोखिम छ।
स्वास्थ्य निकायले हैजाको प्रकोप विकराल हुन नदिन सरसफाइमा ध्यान दिन, सुरक्षित पानी पिउन र सतर्क रहन सबैलाई आग्रह गरेको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com