भक्तपुर – केही वर्षयता लुक्ला जाने पर्यटकका लागि वैकल्पिक केन्द्रको रूपमा परिचित रामेछाप विमानस्थल हाल सुनसान बनेको छ। नियमित उडान नहुँदा विमानस्थलमा चहलपहल हराएको हो ।
दशै–तिहारजस्ता पर्व वा पर्यटनको सिजनमा यहाँबाट दैनिक दर्जनौँ उडान सञ्चालन हुने गरे पनि हाल उडान स्थगित भएपछि विमानस्थल सुनसान बनेको स्थानीयले बताएका छन् ।नियमित उडान बन्द भएपछि स्थानीय व्यापारीदेखि यातायात व्यवसायी प्रभावित भएका छन्। होटल, लज, रेष्टुरेन्ट व्यवसायसमेत सुस्ताएका छन्।
नागरिक उड्डयन प्राधिकरणका अनुसार यात्रुको चाप घटेपछि उडान सञ्चालनमा कठिनाइ भएको हो । मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठका अनुसार रामेछाप विमानस्थलमा नियमित उडानका लागि पहल गरेको तर सम्बन्धित जिम्मेवार निकायले चासो नदिएको बताउनु भयो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com