तिर्थ नेपाली —डोटी, असोज १८
डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौमा दीपावलीको अवसरमा आयोजित ‘वडा अध्यक्ष कप भलिबल प्रतियोगिता’ शनिबारदेखि सुरु भएको छ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित सुरु भएको प्रतियोगिता असोज २० गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासमा आफुले गरेको प्रयासबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “जननिर्वाचित भएपछि मैले भलिबल प्रशिक्षक नियुक्त गरेर खेलाडीको विकासमा टेवा पुर्याएको छु। खेलमैदान निर्माण गर्न चाहन्छौं, तर आवश्यक जग्गा अभाव छ।”
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष तथा कार्यक्रमका सभापति खड्कबहादुर साउद, वडा सदस्य बहादुर धानुक, स्वास्थ्य शाखा इन्चार्ज पूर्ण धानुक, इलाका प्रहरी चौकी सानागाउँका असई ईश्वरी पाण्डे, पत्रकार तिर्थ नेपालीलगायतको उपस्थिति थियो।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताताले २० हजार नगद पाउने भएका छन् त्यसैगरी तेस्रो हुनेले । ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १० हजार पाउने आयोजक काडामाण्डौ युवा क्लबका संयोजक अमित बोगटीले बताए ।
आज पहिलो दिन ३ वटा खेल हुनेछ्न ।स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको प्रतियोगिताले गाउँस्तरमा खेलकुदको विकास र युवा सहभागिता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास आयोजकको रहेको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com