भक्तपुर-धोबीखोला करिडोरको रूद्रमति पुलनिर बिहीबार बिहान एक पुरुषको मृत्यु भएपछि त्यही क्षेत्रमा सुरक्षा बढाइदै फलामे बार जडान गरिएको छ। काठमाडौं महानगरपालिका–२९ अन्तर्गत पर्ने रूद्रमति पुलनजिकै रेलिङ नभएको करिब पाँच मिटर खण्डमा बार नहुँदा निरन्तर दुर्घटना हुने क्रम बढेपछि हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले आफ्नै पहल र खर्चमा फलामे बार जडान गरिदिएका हुन्।
बिहान ५० वर्षीय ललित गिरी साइकलसहित खोलामा खसेर मृतावस्थामा फेला परेपछि स्थानीयको ध्यान फेरि सुरक्षा व्यवस्थामाथि गयो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पुलछेउ रेलिङ नहुँदा उनी सिधै खोलामा खसेका हुन्।
विमल पन्तका अनुसार त्यहाँ पहिले पनि धेरै गम्भीर दुर्घटना हुँदै आएका थिए।‘यहाँबाट पटक–पटक मान्छे खसेर दुर्घटना भइरहेको थियो। पहिले कार, मोटरसाइकल पनि खसे। आज त एक जनाको ज्यानै गयो,’ पन्तले भने, ‘त्यसैले म पुगेँ र आफ्नै खर्चमा फलामे बार लगाइदिएँ।’स्थानीयले पनि बार जडानपछि सो क्षेत्रमा दुर्घटना रोकथाममा ठूलो मद्दत हुने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com