भक्तपुर -सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते भएका छन्। जिल्लाको चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक रहेको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार अपराह्न बस र मोटरसाइकल आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका हुन् ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा उक्त घटना भएको इलाका प्रहरी कार्यालय चन्द्र निकापुरले जनाएको छ। दुर्घटनामा परी जिल्लाको वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेललाई चिकित्सकको मृत्यु भएको छ।
घाइते हुनेमा १२ वर्षीय युवराज पटेल ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्सकुमार पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ। दुर्घटनापछि घाइते भएकाहरूलाई तत्काल चन्द्रपुस्थित चन्द्रपुर प्रालि अस्पतालमा उपचारका लागि पठाइएको थियो। उपचारकै क्रममा साँझ सवा ५ बजेतिर चिकित्सकले पटेललाई मृत घोषणा गरेको थियो। मृत्यु पटेलले नै चलाएको मोटरसाइकलमा सवार उनका तीन बालबालिका घाइते भएको छ।
घटनापछि बस चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com