भक्तपुर-हेटौंडामा जग्गा अतिक्रमण गरेर बनाएका संरचना हटाउन थालिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि डोजर लगाएर संरचना भत्काउने र सडक विस्तारको काम शुरू गरेको हो । स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो ।
३/४ वटा ठाउँबाट एकैपटक विस्तार काम भैरहेको छ । स्थानियबासिन्दा र व्यापारीले घर तथा पसल खाली गरेर सामान सारिरहेका छन् । सडक डिभिजनले गएको मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज अर्थात् (७५/७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका अतिक्रमित घरटहरा र संरचना हटाउन १५ दिने सूचना निकालेको थियो ।
तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन कार्यालयले आफैं भत्काउने जनाएको थियो । तर मुआब्जा र क्षतिपूर्ति माग्दै घरधनी र व्यवसायीहरुले आन्दोलन गर्दै आएका थिए । यसैबीच सडक विस्तारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले हिजो कारण देखाऊ आदेश जारी गरेको छ ।
यसको अन्तिम समयसिमा हिजोसम्म रहेको थियो । सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै मंसिर ५ गते सार्वजनिक सूचना निकाल्दै घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com