भक्तपुर – भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर पड्किँदा ९ जना नेपाली नागरिकको ज्यान गएको छ । विस्फोटमा उनीहरूको घटनास्थलमै मृत्यु भएको सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का ९ जना नेपालीको ज्यान गएको गाउँपालिकाका सूचना अधिकारी भिमलाल भण्डारीले जानकारी दिनुभयो । घटना हिमाचल प्रदेशको सोलन जिल्ला अर्कीमा क्षेत्रमा भएको हो ।
भण्डारीका अनुसार ३३ वर्षीय धनबहादुर विक, उहाँकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, १० वर्षीया रेणुका विक र राजन विकको ज्यान गएको हो । लगाएत ४७ वर्षीय काशिरामसहित उहाँको श्रीमती ३२ वर्षीया टीका विक, छोरी १२ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको ज्यान गएको वडाध्यक्ष मेघराज बुढाथोकीले निकालेको विज्ञप्तिमा उल्लेख छ । वडाका दुई परिवारका ९ जना सदस्यको ज्यान गएपछि आज वडा नम्बर २ मा शोक बिदा दिइएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com