भक्तपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गायक प्रशान्त तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै तामाङकी श्रीमती मार्था एलीलाई हिजो सोमबार शोकपत्र पठाउँदै मोदीले प्रशान्तको निधनले अपुरणीय क्षति पुगेको जनाउदै तामाङको असामयिक निधनले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन्।
उनले प्रशान्त तामाङले आफ्नो गायनमार्फत लाखौँ तथा करोडौ श्रोतालाई प्रेरित गरेको उल्लेख गर्दै नेपाली तथा भारतीय संगीत क्षेत्रमा उनले पु¥याएको योगदान सधैँ स्मरणीय रहने बताएका छन्। प्रधानमन्त्री मोदीले शोकसन्तप्त परिवारजन तथा प्रशंसकहरूप्रति समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना पनि गरेका छन्।
गायक प्रशान्त तामाङ नेपाली र भारतीय संगीतप्रेमीबीच लोकप्रिय व्यक्तित्वका रूपमा चिनिन्थे। उनको निधनले संगीत क्षेत्रलाई अपूरणीय क्षति पुगेको सांगीतिककर्मीहरूले बताएका छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com