भक्तपुर – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको माग गर्दै नाम दर्ता गराएका मध्ये ८ सय ८५ जना हस्ताक्षरकर्ताले हस्ताक्षर फिर्ता लिएको दाबी गर्नुभयो ।
काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै खड्काले पार्टीभित्र देखिएको असन्तुष्टि संवाद र सहमतिबाट समाधान हुँदै गएको बताउनुभयो। उहाँले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका धेरै नेताहरू पार्टी नेतृत्वसँगको छलफलपछि आफ्नो धारणा परिवर्तन गरी मूल धारमा फर्किएको दाबी गर्नुभयो।
उपसभापति खड्काले पार्टीलाई एकताबद्ध बनाउँदै संगठन सुदृढीकरणमा केन्द्रित हुने नेतृत्वको नीति रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गर्दै आगामी राजनीतिक चुनौती सामना गर्न कांग्रेस तयार हुँदैछ। उहाँले पार्टीभित्र देखिएका असहमतिलाई स्वाभाविक प्रक्रिया भन्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com