भक्तपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्षीय समूहले पार्टीभित्र गठन गरिएको आयोगको निर्णयविरुद्ध भोलि सर्वोच्च अदालत जाने निर्णय गरेको छ। आयोगको निर्णय अस्वीकार्य र पार्टी विधानविपरीत रहेको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको समूहलाई दिएपछि देउवा पक्ष समूह सर्वोच्च अदालत जाने भन्दै देउवा पक्षले कानुनी बाटो खोज्न लागेका हुन् ।
देउवापक्षीय नेताहरूका अनुसार आयोगले गरेको निर्णयले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाएको र केही व्यक्तिको हितलाई मात्र प्राथमिकता दिएको आरोप लगाइएको छ। विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित सङ्ख्या समेत आयोगले नहेरिकन दुषित मनसायले आयोगले निर्णय गरेको उहाँको दाबी छ ।
उहाँले नेपाली कांग्रेसको वैधानिकता १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र आफूहरुसँगै रहेको पनि दाबी गर्नुभयो । यस घटनाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ भने आगामी राजनीतिक गतिविधिमा समेत यसको प्रभाव पर्ने अनुमान गरिएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com