• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण १०, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १गाजा क्षेत्रमा गम्भीर भोकमरीको चेतावनी, कुपोषणका कारण १ सय २२ जानको मृत्यु ।
  • २एनओसी विना कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्कायो ।
  • ३तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री, ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेन ।
  • ४थाईल्यान्ड र कम्बोडिया बीच झडप, १२ जनाको मृत्यु ।
  • ५आयोडिनयुक्त नुन ऐन २०५५ बदर गर्न माग ।
  • ६टिण्डा सहरमा हराएको विमान ,दुर्घटनाग्रस्त अवस्थामा फेला।
  • ७५० यात्रु बोकेको रुसको यात्रुवाहक विमान सम्पर्कविहिन ।
  • ८राति सगैँ टिकटक बनाएका दिदीबहिनी बिहान मृत फेला ।
  • ९तातोपानी नाका हुँदै ,चीनको केरुङमा फसेका नेपाली आज स्वदेश फर्काइँदै ।
  • १०जंगली च्याउ खाँदा दिदी भाइको मृत्यु ।
  • ११भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।
  • १२काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।
  • १३भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।
  • १४पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु ।
  • १५साउनको पहिलो सोमवार आज हरियो लुगा, चुरा र मेहन्दीसहित शिवालयमा दर्शनार्थीको घुईंचो ।
होमपेज /  मुख्य समाचार

राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप


उज्यालो समाचार July 28, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । गठबन्धन सरकारको हस्तक्षेपको तारो राष्ट्रिय अनुसन्धान विभाग बन्न पुगेको छ । निजामती प्रशासन र नेपाल प्रहरीमा एकपछि अर्को हस्तक्षेप गर्दै आएको सरकारले दलीय भागबन्डा पु-याउन राष्ट्रिय अनुसन्धान विभागमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी ) दरबन्दी थप्ने गृहकार्य अन्तिम चरणमा पु-याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागमा प्रधानमन्त्री शेरबहादुर देउवाकै रुचिअनुसार नयाँ एआईजी थप गर्न लागिएको हो । आवश्यकताका आधारमा भन्दा पनि नेताहरूको रुचिअनुसार एआईजी पद थप गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक यदुलाल खरेलले आगामी भदौ २३ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउँदै छन् । त्यसअघि नै एक नयाँ दरबन्दी थप्ने गृहकार्य गरिएको हो ।

गुप्तचरको प्रमुख को हुने भनेर अझै निश्चित भएको छैन । एआईजी दरबन्दी दुईओटा बनाएर सरकारले त्यसलाई थप विवादित बनाउने गृहकार्य थालेको हो ।

विभागमा अहिले एआईजी दरबन्दी खाली छ । एउटा मात्र रहेको एआईजी दरबन्दीमा कुलदेव थापा एक साता मात्र रहेर साउन ३ गते अवकाशमा गएका थिए । थापालाई असारको अन्तिम साता एआईजीमा बढुवा गरिएको थियो । त्यसअघि वैशाखदेखि सो दरबन्दी रिक्त थियो ।

एआईजीको रिक्त दरबन्दीमा अहिले चार जना प्रत्यासी छन् । हुतराज थापा, ओम जोशी, हरिहर पौडेल र सुनिल ढकाल दाबेदारका रूपमा रहेका हुन् । उनीहरू एउटै मितिमा डीआईजी बनेका थिए ।

एआईजी नबनेको अवस्थामा उनीहरूले आगामी भदौ १२ मा अनिवार्य अवकाश पाउनेछन् । डीआईजीको पाँचवर्षे पदावधिका कारण उनीहरू अवकाशमा जाने भएका हुन् । त्यही कारण शक्ति केन्द्रले आपूmनिकटलाई अनुसन्धान विभागको प्रमुख बनाउन चलखेल अघि बढाएका हुन् ।

यी चार जनामध्ये एकले भावी नेतृत्वको जिम्मेवारी पाउनेछन् । चारमध्ये दुई जनालाई एआईजी बनाउँदा दुवै जना पालैपालो प्रमुखका रूपमा रहन सक्ने भएकाले पनि राजनीतिक शक्तिकेन्द्रको साँठगाँठमा एआईजीको अर्को दरबन्दी थप्ने गृहकार्य गरिएको हो । एआईजी बनेपछि तत्कालका लागि उनीहरूको सेवा अवधि लम्बिनेछ र दुवै जनाले संगठनको नेतृत्व गर्न सक्ने सम्भावना रहने बताइन्छ ।

हाल बढुवा उम्मेदवार रहेकामध्ये थापा माओवादी केन्द्रनिकट मानिन्छन् । रोल्पा स्थायी घर भएका थापालाई बढुवा गर्नैपर्ने माओवादीको अडान रहेको स्रोतको दाबी छ । यस्तै, अर्का प्रत्याशी ओम जोशी नेपाली कांग्रेसनिकट मानिन्छन् । प्रधानमन्त्री देउवा जोशीलाई बढुवा गर्ने तयारीमा रहेकाले थप समस्या देखिएको हो । अतः काग्रेस र माओवादी दुवै दललाई भागबन्डा पु¥याउन एआईजी जस्तो महत्वपूर्ण पद थप्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • गाजा क्षेत्रमा गम्भीर भोकमरीको चेतावनी, कुपोषणका कारण १ सय २२ जानको मृत्यु ।
  • एनओसी विना कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्कायो ।
  • तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री, ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेन ।
  • थाईल्यान्ड र कम्बोडिया बीच झडप, १२ जनाको मृत्यु ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    गाजा क्षेत्रमा गम्भीर भोकमरीको चेतावनी, कुपोषणका कारण १ सय २२ जानको मृत्यु ।

    एनओसी विना कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्कायो ।

    तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री, ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेन ।

    थाईल्यान्ड र कम्बोडिया बीच झडप, १२ जनाको मृत्यु ।

    आयोडिनयुक्त नुन ऐन २०५५ बदर गर्न माग ।

    टिण्डा सहरमा हराएको विमान ,दुर्घटनाग्रस्त अवस्थामा फेला।

    ५० यात्रु बोकेको रुसको यात्रुवाहक विमान सम्पर्कविहिन ।

    राति सगैँ टिकटक बनाएका दिदीबहिनी बिहान मृत फेला ।

    भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।

    काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।

    भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    उज्यालो समाचार

    गाजा क्षेत्रमा गम्भीर भोकमरीको चेतावनी, कुपोषणका कारण १ सय २२ जानको मृत्यु ।

    एनओसी विना कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्कायो ।

    तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री, ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेन ।

    थाईल्यान्ड र कम्बोडिया बीच झडप, १२ जनाको मृत्यु ।

    आयोडिनयुक्त नुन ऐन २०५५ बदर गर्न माग ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: ujyalosamachar@gmail.com

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑