काठमाडौँ – नेपालको मामिलामा अत्यन्तै चासो लिइरहेको चीनले आफ्ना एक वरिष्ठ नेतालाई तीन दिने औपाचारिक यात्रामा नेपाल पठाउने भएकाे छ। राजकीय वरीयता क्रममा राष्ट्रपति सी जिनपीङ र प्रधानमन्त्री ली कछयाङ पछि तेस्रो नम्बरमा रहेका नेसनल पिपुल्स कांग्रेसका स्थाथी समिति (संसद)का अध्यक्ष ली चाँसु सेप्टेम्बर १२ मा तीन दिने यात्राका लागि नेपाल आउने भएका हुन्।
विगत ६ महिनाको अवधिमा चिनिया विदेशमन्त्री वाङ यी र पार्टी विदेश विभाग प्रमुख लीउ जियानछाओ पछि हुन लागेको यो उच्चतहको यात्राले चीनको नेपाल प्रतिको बढ्दो चासो र चिन्ताको संकेत भएको कुटुनीतिज्ञहरू बताउँछन्। परराष्ट्र मन्त्रालय स्राेतले यो यात्राको विस्तृत विवरण नदिए पनि उच्च तहको यात्रा हुन लागेको पुष्टि गरेको छ। ली प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा आउन लागेका हुन्। ठूलो भ्रमण टोलीका साथ आउन लागेका लीको भ्रमण तालिका सार्वजनिक नगरिए पनि उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा परराष्ट्र मन्त्रीसँग भेटघाट गर्ने बुझिएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार