• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष १०, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ
  • २चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति
  • ३देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा
  • ४अब २ दिनभित्रै राहदानी
  • ५निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै
  • ६रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल
  • ७भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।
  • ८ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।
  • ९कारागारबाट छुटेपछि रवि लामिछानेको चेतावनी : ‘न्यायको लडाइँ अब सुरु हुन्छ’
  • १०रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
  • ११तेस्रो पटक पनि नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी ।
  • १२आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न
  • १३सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो
  • १४एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै
  • १५भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

भक्तपुर महोत्सव आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने लाइफलाइन : कविदास


रामहरि चौलागाईं September 24, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने लाइफलाइन भएको बताएका छन् ।

मङ्गलबार नेपाल प्रेस सोसाइटीसँगको साक्षात्कार कार्यक्रमका बोल्दै अध्यक्ष श्रेष्ठले भने, “महोत्सव भक्तपुरको आर्थिक गतिविधि सशक्त बनाउने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने एउटा लाइफलाइन साबित हुनेछ, महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै भक्तपुरको व्यापारिक गतिशीलतालाई बलियो बनाउनु हो। ” अध्यक्ष श्रेष्ठले भने। उनले भक्तपुरजस्तो ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिएको सहरमा एउटा स्थायी प्रदर्शनी स्थलको खाँचो रहेको र यसले थप पर्यटक भित्र्याउन मद्दत गर्ने पनि बताए।

महोत्सवमा १५० भन्दा बढी स्टलहरू राखिने तयारी छ। यी स्टलहरूमा दैनिक उपभोग्य सामग्री, विभिन्न प्रकारका लत्ताकपडादेखि अन्य वस्त्र, हस्तकला, र स्थानीय उत्पादनहरू प्रदर्शन गरिनेछन्। साथै, महोत्सवमा बालबालिकाहरूका लागि बाल उद्यान, रोटेपिङ, डागन रेल, बोटिङ, मिक्की माउस, ट्र्याम्पोलिन लगायतका मनोरञ्जनात्मक खेलहरू पनि राखिएका छन्, जसले महोत्सवलाई परिवारका लागि आकर्षक गन्तव्य बनाउने अपेक्षा गरिएको छ। यसका साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षणमध्येको एक हुनेछ। स्थानीय सांस्कृतिक कला र परम्परालाई प्रवर्द्धन गर्न महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत राखिने योजना छ। राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको नेतृत्वमा रहेको टोलीले पनि महोत्सवमा आफ्ना आविष्कारहरू प्रस्तुत गर्ने जनाइएको छ, जसले नव प्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

११ दिनसम्म चल्ने यो महोत्सवमा करिब २ लाख ५० हजार दर्शकहरूको सहभागिता रहने अनुमान गरिएको छ। यसले महोत्सव अवधिभर करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ, जसले भक्तपुरको व्यापारिक गतिविधिमा ठूलो योगदान पुर्‍याउनेछ। महोत्सवले स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्दै भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा थप स्थापित गर्ने उद्देश्य राखेको छ।

सांस्कृतिक महत्त्वका साथै व्यापारिक रूपमा समेत महत्वपूर्ण रहेको यो महोत्सवले भक्तपुरलाई नेपालकै प्रमुख सांस्कृतिक र आर्थिक केन्द्रको रूपमा चिनाउने अपेक्षा गरिएको छ। अध्यक्ष श्रेष्ठले भक्तपुरमा प्रदर्शनी स्थलको आवश्यकता रहेकोमा जोड दिँदै यस्तो किसिमको महोत्सवहरूले आन्तरिक पर्यटनलाई बढावा दिने विश्वास व्यक्त गरे। उनले यस महोत्सवले आन्तरिक पर्यटनलाई थप जीवन्त बनाउने विश्वास पनि व्यक्त गरे।

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले दशैँको बेलामा मेला महोत्सव पैसा कमाउने भन्दा पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरि सबै सामान सर्वसुलभ मूल्यका साथै गुणस्तरमा पनि ध्यान दिनुपर्नेतर्फ जोड दिए।

भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को व्यवस्थापनमा असोज ९ गतेदेखि १९ गतेसम्म सल्लाघारी चौरमा महोत्सब आयोजना हुदैछ।

सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रोशन थापाले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति
  • देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा
  • निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै
  • रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ

    चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    अब २ दिनभित्रै राहदानी

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल

    भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।

    ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो

    उज्यालो समाचार

    लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ

    चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    अब २ दिनभित्रै राहदानी

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑