• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र १८, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।
  • २चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।
  • ३अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।
  • ४अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।
  • ५पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।
  • ६अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।
  • ७बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।
  • ८राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।
  • ९आज देशभर मध्यम वर्षाको, सम्भावना ।
  • १०वीरगञ्जमा हैजा फैलिँदै, संक्रमितको संख्या बढ्दै।
  • ११जडिबुटीमा रोकिराखिएको बसमा एक स्कुटर ठोक्किँदा, २ जनाको मृत्यु ।
  • १२भाद्र शुक्ल पञ्चमीका दिन आज ,ऋषि पञ्चमी पर्व मनाइँदै ।
  • १३अण्डा उत्पादन घट्दा मूल्यमा वृद्धि ।
  • १४आज बिहान डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ जना घाइते ।
  • १५नेपालले आज बङ्गलादेशसँग साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिप खेल खेल्दै ।

NitcoNepal

Tags

मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  राजनिती

माओवादीकी सांसदले , किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरिन् ।


उज्यालो समाचार May 21, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेकी छन्।सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार भएको बैठकमा माओवादीकी सांसद कुसारीले नेम प्लेट र माइकले सभापति साहलाई प्रहार गरेकी हुन्।

समिति सभापति साहले सांसद कुसारी समिति बैठकमा ढिला गरी आएको र अनुमति बेगर बोल्न थालेको विषय उठाएका थिए। त्यसपछि उनीहरूबीच भनाभन पर्‍यो।‘उहाँ ढिला आउनुभयो। अनुमतिबिनै बोल्न सुरू गर्नुभयो। माइक फाल्नुभयो। धन्न मतिर आएन, सांसदहरू भएतर्फ गयो। उहाँ अनुगमनमा गएको विषय उठाउन खोज्नुभएको थियो। तर बैठक टुङ्गिन लागेको बेला एकदमै रिसाएर प्रस्तुत हुनुभयो’, सभापति साहले भने, ‘महिला बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषय थियो।’

सांसद कुसारीले भने समिति सभापति साह सधैं आफै संयोजक भएर अनुगमनमा जाने गरेको र आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको तथा अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको दाबी गरिन्।अघिल्लो वर्ष बारा, पर्सा लगायतका जिल्लामा अनुगमनमा गएको र अनुगमन सकिएपछि आफूसहित ३ जना सांसद वीरगन्ज गएकाले त्यति बेलादेखि नै सभापतिले आफूलाई भेदभावपूर्ण व्यवहार गरेको उनले बताइन्।उनले सभापति साहसँग समितिका अधिकांश सदस्य असन्तुष्ट रहेको दाबी गरिन्।

‘मैले माइक र नेमप्लेटले हानेको हो, लागेन, भनाभन भयो’, कुसारीले भनिन्, ‘बैठकमा भएको भनाभनपछि सभामुखले बोलाउनुभएको छ। अब कि म त्यो समितिमा बस्दिनँ कि सभापति हटाउनुपर्छ।’आफूले विगतमा पनि सभामुखलाई सभापति साहको व्यवहारबारे जानकारी गराएको कुसारीले बताइन्।

सम्बन्धित पोस्ट
  • गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।
  • चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।
  • अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।
  • अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।

    चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।

    अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।

    पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।

    अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।

    बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।

    राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

    राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

    आज देशभर मध्यम वर्षाको, सम्भावना ।

    “पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।

    आज “व्रत, पूजा र नाच–गानको पर्व तीज, दिदीबहिनीको एकता र उल्लासको दिन”।

    तीज केवल गीत–नृत्य होइन, आत्मिक शुद्धता र अनुशासनको पर्व हो : प्रधानमन्त्री ओली

    उज्यालो समाचार

    गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।

    चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।

    अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।

    पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑