बबिता परियार/जेठ ८
भक्तपुर—नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजनामा र सूर्यविनायक नगरपालिकाको सहकार्यमा आयोजित मोबाइल पत्रकारिता (मोजो) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।कार्यक्रम उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरको समुन्नत विकासमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले सकारात्मक पत्रकारिताको अभ्यासलाई प्रोत्साहन गर्दै भने, “जनप्रतिनिधिले बनाएका नियम र जनताले तिरेको करको सही उपयोगमा सञ्चारकर्मीको निगरानी र सहयोग आवश्यक रहेको बताए ।
नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले पत्रकारिता लोकतन्त्रको चौथो अंग भएकाले अबको पत्रकारिताले प्रविधिसँग कदम मिलाउनुपर्ने बताइन्। उहाँले डिजिटल माध्यमको सदुपयोगका साथै त्यसबाट उत्पन्न हुने सम्भावित लतप्रति पनि सचेत रहन आग्रह गर्नुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले डिजिटल पत्रकारिता बढ्दो अवस्थामा रहेकाले त्यसको दुरुपयोग रोक्न सञ्चारकर्मी स्वयं सजग हुनुपर्ने धारणा समेत राखेका थिए । “यस्ता अभिमुखीकरण कार्यक्रमले पत्रकारको व्यावसायिकता अभिवृद्धिमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले मोबाइल पत्रकारिता अहिलेको युगको आवश्यकतालाई सम्बोधन गर्ने विधि भएको उल्लेख गर्दै सूर्यविनायक नगरपालिकालाई सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भयो। अध्यक्ष शिल्पकारले सामाजिक सञ्जाल र पेसागत पत्रकारिताबीचको अन्तर बुझेर जिम्मेवार सामग्री प्रकाशन गर्न सञ्चारकर्मी लाई आग्रह समेत गरेका थिए ।कार्यक्रमले स्थानीय पत्रकारहरूलाई मोबाइल उपकरणको प्रयोगमार्फत समाचार संकलन, सम्पादन र प्रकाशनको व्यावहारिक ज्ञान प्रदान गर्दै पत्रकारितामा प्रविधि अनुकूलताको सन्देश दिएको सहभागीहरुले बताए हुन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com