भक्तपुर – आज २२ जिल्लामा बाढीको मध्यम जोखिम देखिएको छ । भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रे दोलखा, सिन्धुपाञ्चोक, ओखलढुङ्गा, रामेछाप, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर , जाजरकोट, दैलेख, सुर्खेत, अछाम, लमजुङ, रुकुम पश्चिम, जुम्ला, दार्चुला, बैतडी, डडेलधुरामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढीको जोखिम भएको ठाँउमा बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । साथै आज मधेश प्रदेशसहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै र मधेश प्रदेशलगायत बाँकी तराई भू–भागका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति पनि मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा तराई भू–भागका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com