• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ कार्तिक १३, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।
  • २जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।
  • ३मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।
  • ४आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।
  • ५जेनजी आन्दोलनका क्रममा फरार थुनुवा ललितपुरबाट पक्राउ ।
  • ६काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।
  • ७नेपालले वेस्ट इन्डिजलाई हरायो, टी–२० शृङ्खलामा ऐतिहासिक सफलता ।
  • ८पूरक परीक्षामा ८३ हजार विद्यार्थी उत्तीर्ण, एसईई नतिजा सार्वजनिक ।
  • ९शिक्षकको तलब तत्काल निकासा गर्न मन्त्री पुनको निर्देशन, ढिलासुस्ती गर्नेप्रति कारबाही चेतावनी ।
  • १०नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटको भाडा नबढाउनु, गयो निर्देशन ।
  • ११पार्टी बैठकमा तनाबः प्रचण्डको प्रस्तावप्रति वरिष्ठ नेताहरूको असहमति ।
  • १२भारतको कोलकातामा करेन्ट प्रवाह हुँदा १० जनाको मृत्यु।
  • १३दशैंको चहलपहल सल्लाघारीमा भेँडा–च्याङ्ग्राको घुइँचो ।
  • १४सीटीईभीटी सुधार सात बुँदे सिफारिस मन्त्री पुन समक्ष।
  • १५बेनीघाट र मुग्लिन नजिकैको पहिरोले यात्रुको बिचल्ली ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।


उज्यालो समाचार September 13, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । निडर र कुशल न्यायमूर्तिका रूपमा चर्चित नवनियुक्त प्रधानमन्त्री कार्कीले शुक्रबार शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुभयो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभा विघटन गर्नुभएको छ । राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरका अनुसार राष्ट्रपति पौडेलले २०८२ फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोक्नुभएको छ ।

जेनजी अभियानको भदौ २३ र २४ गतेको आन्दोलनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गठबन्धनलाई सत्ताच्युत गरेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई प्राप्त गरेको हो । राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति पौडेल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल, जेनजी अभियानका प्रतिनिधिलगायत सरोकारवालासँगको संवादपछि देशले नयाँ प्रधानमन्त्री पाएको हो ।

भदौ २३ र २४ गतेको आन्दोलनले देश तहसनहस भएलगत्तै राष्ट्रपति पौडेल र नेपाली सेनाको समन्वयमा निरन्तर संवाद भएको थियो । भदौ २५ र २६ गते राष्ट्रपति पौडेल, प्रधान सेनापति सिग्देल र जेनजीका प्रतिनिधिबिच संवाद भएको थियो । राष्ट्रपति पौडेलले पनि बिहीबार संविधानविद्सँग छुट्टै संवाद गर्नुभएको थियो ।

निरन्तर संवाद हुँदा पनि जेनजी अभियन्ता अलग अलग समूहमा विभाजित भएर आन्दोलनको स्वामित्व लिन खोजेपछि देशमा प्रधानमन्त्री नियुक्त गर्न ढिलाइ भएको थियो तर जेनजी आन्दोलनको अगुवाइ गर्ने समूहसँग प्रधान सेनापति सिग्देलले बुधबार, बिहीबार र शुक्रबार गम्भीर विमर्श गरेपछि जेनजीद्वारा प्रस्ताव पूर्वप्रधान न्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको छ ।

नवनियुक्त प्रधानमन्त्री कार्की शुक्रबार शपथग्रहण गर्दै गर्दा सामान्य पोसाकमा उपस्थित हुनुभयो । राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित उच्च पदाधिकारी उपस्थित लहरसामु शपथग्रहण गर्दा उहाँको सादगीपूर्ण जीवनशैली आउने पुस्ताका लागि पनि प्रेरणादायी थियो ।

राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै आफू र देशलाई सफल बनाउन आग्रह गर्नुभयो । उहाँलाई बधाई दिन जेनजी अभियन्ता राष्ट्रपति भवन शीतल निवास पुग्नुभयो । उहाँहरूले प्रधानमन्त्री कार्कीले देशलाई निकास दिने भरोसा र विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित पोस्ट
  • आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।
  • जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।
  • मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।
  • आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।

    जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।

    मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।

    आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।

    जेनजी आन्दोलनका क्रममा फरार थुनुवा ललितपुरबाट पक्राउ ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    नेपालले वेस्ट इन्डिजलाई हरायो, टी–२० शृङ्खलामा ऐतिहासिक सफलता ।

    पूरक परीक्षामा ८३ हजार विद्यार्थी उत्तीर्ण, एसईई नतिजा सार्वजनिक ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    नेपालमा भूकम्पको धक्का महसुस ?

    उज्यालो समाचार

    आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।

    जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।

    मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।

    आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑