भक्तपुर- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरका मेयर बालेन शाहमाथि फेरि कडा प्रहार गरेका छन्। देश शोकमा डुबेको बेला बालेन संवेदनशील नबनेको भन्दै साम्पाङले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन्।
साम्पाङले मंगलबार अपराह्न फेसबुकमा लेखेका छन्, “लुकेर गेम खेल्दै स्टाटस लेख्न सजिलो छ। देशले कति गुमायो थाहा छ? देश रोएको बेला ऊ (बालेन) हाँस्दै बसेको छ।”यसअघि बालेनले साम्पाङप्रति नरम स्वर अपनाउँदै फेसबुकमै “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन।
एकतर्फी नै सही, तर मेरो माया साँचो हो” भन्दै प्रतिक्रिया दिएका थिए। बालेनको उक्त शैलीले साम्पाङलाई फकाउन खोजिएको ठानिए पनि हर्क अझै आक्रोशित देखिएका छन्।साम्पाङले बालेनमाथि अघिल्ला दिनहरूमा पनि प्रहार गरेका थिए। जेनजी आन्दोलनपछि बालेन सक्रिय नभएको भन्दै उनले खुलेरै आलोचना गरेका थिए।
यस पटकको टिप्पणीले फेरि दुई लोकप्रिय मेयरबीचको सामाजिक सञ्जाल–युद्धलाई सार्वजनिक विमर्शमा ल्याएको छ। एकातर्फ बालेनले हर्कलाई माया गर्ने भाषा प्रयोग गरिरहेका छन् भने अर्कोतर्फ साम्पाङ देशको पीडा बेवास्ता गरिएको आरोपसहित कडा आलोचनामा उत्रिएका छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com