१९ वर्षमुनिको एसीसी पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा घरेलु टोली यूएईले नेपाललाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।
यूएईका अहमद खुदादादले सबैभन्दा धेरै ७१ रन बनाएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को कारवान मैदानमा टस हारेर ब्याटिङ गरेको यूएई ४५ ओभर ५ बलमा १ सय ४७ रन बनाउँदा अलआउट भएको थियो ।
नेपालका दयानन्द मण्डलले ६, अपराजित पौडेलले २ तथा नितिशकुमार पटेल र कप्तान अशोक धामीले १÷१ विकेट लिए । नेपालका कप्तान धामीले १० ओभरमा ४ मेडन राख्दै ९ रनमात्र दिए । सेमिफाइनलमा नेपालले मलेशियालाई र यूएईले ओमानलाई हराउँदै फाइनलमा पुगेका हुन् । नेपाल र यूएई शीर्ष ३ मा रहँदै एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भएका छन् । यस्तै एशिया कपमा पुग्ने तेस्रो टोली बन्न अहिले तेस्रो स्थानका लागि ओमान र मलेशियाबीच प्रतिस्पर्धा भइरहेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com