तिर्थ नेपाली,
काठमाडौं
बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारमा आज दिउँसो भीषण आगलागी भएको छ। बडिमालिका नगरपालिका–८ मार्तडी बजारमा रहेको स्थानीय प्रकाश थापाले सञ्चालन गर्दै आएका सागर फर्निचर तथा नजिकै रहेको एक ग्यारेजमा अचानक आगो लाग्दा दुवै व्यवसाय पूरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगो लागेपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरे पनि दमकल नहुँदा आगो निभाउन कठिनाई भएको बताइएको छ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरीक्षक लक्ष्मीदत्त जोशीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ। उनले उज्यालोसमाचार डटकमसँग कुरा गर्दै भने,
“विद्युत् तार सर्ट भएर आगो लागेको हुनसक्ने देखिन्छ, विस्तृत अनुसन्धान भइरहेको छ।”
त्यस्तै, जिल्ला प्रहरी कार्यालय मार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीले दिउँसो करिब १२ः४० बजे आगो लागेको जानकारी प्राप्त भएको बताए।आगलागीबाट भएको धनजनको क्षति विवरण संकलन भइरहेको र वास्तविक कारण भने अझै सार्वजनिक हुन बाँकी रहेको प्रहरीको भनाइ छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com