भक्तपुर — सिन्धुलीको घ्याङलेख गाउँपालिको–२ बस्तीपुरमा रहेको एसबीआई बैंकको शाखाबाट तीन करोड १० लाख ९५ हजार रुपैयाँ बराबरको रकम लुटपाट भएको छ ।
नगद लुटिएको घटनामा संलग्न रहेका आरोपमा चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका चार–पाँच जनाको संख्यामा रहेको समूहले बैंकका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर रकम लुटपाट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिनुभएको छ । लुटिएको रकम मध्ये झन्डै एक करोड ८० लाख रुपैयाँ पनि फेला परेको छ । अरु रकम तथा बैंक लुटपाटमा संलग्नबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार बैंकबाट रकम ढुवानी गर्दै लैजाँदै गर्दा योजनाबद्ध रूपमा लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। लुटिएको रकममध्ये केही नगद बरामद गरिएको र घटनामा प्रयोग गरिएको सवारी साधन पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस घटनाले जिल्लामा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयवासीले बैंक तथा वित्तीय संस्थाको सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com