भक्तपुर — काठमाडौँ महानगरपालिकाका मेयर प्रमुख बालेन्द्र शाह (बालेन)ले राजीनामा दिने घोषणा गर्नुभएको छ। बालेनले आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। राजीनामासँगै बालेनको सक्रिय राजनीतिक यात्रा औपचारिक रूपमा अघि बढ्ने संकेत देखिएको छ ।
उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम छ । बालेन झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन् । त्यसका लागि रास्वपाले सम्पर्क कार्यालय स्थापना गरिसकेको छ । रास्वपाको बैठकमा समसामयिक राजनीतिक अवस्था, आगामी रणनीति तथा सम्भावित भूमिकाबारे छलफल हुने बताइएको छ।
यस विषयमा बालेन वा रास्वपाको तर्फबाट औपचारिक धारणा भने आउन बाँकी रहेको छ । गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणासहित ७ बुँदे सम्झौता गरेका थिए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com