राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहका समर्थक चढेको गाडीबाट लडेर केही युवा घाइते भएका छन्। आज बाँकेको नेपालगञ्जमा समर्थक चढेको गाडीबाट खस्दा ६ जना युवाहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँके् ले जानकारी दिएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए।
तीमध्ये स्थानीय वीरसिंह ऐरीको सिटी केयर अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको डिएसपी पातलीले बताए।‘गाडीको पछाडि धेरै युवाहरू बसेका थिए,’ डिएसपी पातलीले भने, ‘एकले अर्कालाई समातेर बसेका उनीहरू गाडी अगाडि बढ्ने क्रममा हुत्तिएर लडेका थिए।’रास्वपा वरिष्ठ नेता बालेन सोमबार नेपालगञ्ज विमानस्थल पुग्दा भिड भएको थियो। उनी त्यहाँबाट बर्दिया गए भने सुदूरपश्चिमतर्फ जाने कार्यक्रम छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com