भक्तपुर– जिल्लाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको शव भेटिएको छ । भदौरेको बोहोरे टोलका ८० वर्षीय चन्द्रविक्रम राई र उहाँकी श्रीमती चन्द्रमायाको लुटपाट पछि हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
वृद्ध दम्पतीले पसल सञ्चालन गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।
एक महिनाअघि चिशंखुगढी गाउँपालिका–६ भदौरेमा नै ६० वर्षीय शोभितमान थापा मगर र उहाँकी श्रीमती रत्नमायाको हत्या भएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । शृङ्खलाबद्ध एकपछि अर्को हत्याको घटनापछि स्थानीयबासीन्दा त्रसित भएका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com