Bipin Dhungana
वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको पर्यटनमन्त्री पाण्डेको भनाई ।
Bipin Dhungana

भक्तपुर – ६७औँ वार्षिकोत्सवको अवसरमा निगमको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महवाई क्षेत्र एकअर्कासँग आश्रित हुने भएकाले वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताउनुभएको छ । पर्यटनमन्त्री पाण्डेले वायुसेवा निगम ऐतिहासिक महत्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसको विकासका लागि सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निगम व्यवस्थापन तथा कर्मचारीलाई वस्तुपरक, तथ्यपरक र परिणाममुखी रूपमा कार्य गर्न निर्देशन दिनुभयो । वार्षिकोत्सव मूल समारोह समितिद्वारा आयोजित आकास भैरव पूजामा पर्यटनमन्त्री पाण्डे र निगमका कार्यकारी अध्यक्षले आकास भैरवको पूजा