नेपाल प्रिमियर लिग
सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो
Bipin Dhungana
भक्तपुर -कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्स लाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल भएको छ ।लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ । कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो ।फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै च्याम्पियन बनेको हो ।लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्लो ६ खेलमा लगातार जित हात पारेको
