जिआरएनसिएले बेलायतमा अन्तर्राष्ट्रिय योग दिवस मनायो ।

 न्युज डेस्क

बेलायत– ग्रेगोरियन पात्रोअनुसार जुन महिनाको २१औँ तारिख मनाइने अन्तर्राष्ट्रिय योग दिवस बेलायतमा आफ्नो कर्मभुमी बनाएर बसेका नेपालीहरुले आफ्नो कार्य ब्यस्थता लाई मध्येनजर गर्दै जुन १७ तारिकका दिन बेलायतको रेडिङमा  रेडिङ नेपाली समाजले एक कार्यक्रमका बिच मनाइँएको छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो। अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। सो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए। यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन

उज्यालो समाचार, मुख्य समाचार, समाचार, समाज  संग सबंधीत छ |

विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत

 न्युज डेस्क

बेलायत/ बेलायत र नेपालको कला र सस्कृती बिश्व सामु चिनाउनु पर्छ  भन्ने मुल नाराकासाथ विश्व साईकल यात्रा सुरु गेरेका दुईजना साईकल यात्रि बेलायत आईपुगेका छन् । भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका अजय मिश्र र  भगत खत्री विभिन्न १०० देशको यात्रापछि यतिबेला बेलायतको रेडिङ आई पगेका हुन् ।   विश्वमा नेपाल र नेपाली कलाको महत्वका बारेमा सन्देश दिने उद्धेश्यले १८ बर्ष  अगाडिबाट यात्रा सुरु गरेका मिश्र र खत्रीले नेपालको सास्कृती सम्पदा धर्म,कला,सम्पदा विश्वभर चिनाउने प्रमुख अभियान लिगेर आफुहरु बिश्व यात्रामा हिडेको  बतायका छ्न ।   उनिहरुले १८ बर्षको अवधिमा, भारत, श्रीलंका,

मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्थानीय  संग सबंधीत छ |

दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

 न्युज डेस्क

काठमाडौं – बडादशैंको दोस्रो दिन आज नवदुर्गा मध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइदैछ । आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा ब्रह्मचारिणीको स्तुति गरी मनाइने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाताको स्तुति गरिन्छ । त्यस्तै छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा

मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, समाचार, समाज  संग सबंधीत छ |

आजदेखि दशैँ सुरु, घर-घरमा घटस्थापना गरिँदै

 न्युज डेस्क

काठमाडौं । आज घटस्थापना । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व दशैँ आजदेखि सुरु भएको छ । दशैँको पहिलो दिन आज घर-घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । विजयादशमीको

मुख्य समाचार, राष्ट्रिय, समाज  संग सबंधीत छ |

राष्ट्रपतिको संबिधान विपरीत कामले राजनीतिक दुर्घटनाको खतरा :ऊर्जा मन्त्री भुसाल

 न्युज डेस्क

भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रपतिको संबिधान विपरीत कामले राजनीतिक दुर्घटनाको खतरा बढेको बताउनुभएको छ । भक्तपुरमा आयोजित शंखधर बचत तथा ऋण सहकारी संस्था लिको वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपतिबाटै भएकोमा आपत्ति जनाउनुभयो । मन्त्री भुसालले संबैधानिक राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको बताउनुभयो । संविधान, कानुन र विगतका सरकारहरुले नै ल्याएको विधेयक र अध्यादेशमा आधारित भएर सरकारले ल्याएको सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर गल्ती गरेको बताउनुभयो । मन्त्री भुसालले नेपालको संविधानले

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

२४ घण्टामै भत्किए वीर अस्पताल अगाडिका औषधि पसलहरू

 न्युज डेस्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पताल अगाडिको औषधि पसलको सटरमा डोजर चलाएको छ । कामपा २७ नम्बर वडा कार्यालयको सिफारिसमा कामपा प्रहरीले वीर अस्पताल अगाडिको ८ वटा सटर हटाएको हो । यसअघि कामपा प्रहरीले बुधबार २४ घण्टाभित्र सटर भत्काउने चेतावनी दिँदै माइकिङ गरेको थियो । कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले हिजो दिउँसो २ बजे वीर अस्पताल परिसरअगाडिको सटरमा डोजर चलाएको हो । पसल सञ्चालकले तत्काल पसल हटाउन नसकिने भन्दै पसल हटाउन नचाहेपछि आफूले सामान हटाउन चेतावनी दिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख पाण्डेले भन्नुभयो– ‘हामीले पसल हटाउन आग्रह

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

पूर्वआईजीपी खनाल आज एमालेमा प्रवेश गर्दै

 न्युज डेस्क

काठमाडौँ – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने भएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए।


राष्ट्रपतिविरुद्ध आन्दालनको घोषणा

 न्युज डेस्क

काठमाडाैं | सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् । जसअनुसार बुधबार माइतीघरमा कार्टुन प्रदर्शनी तथा सडक प्रदर्शन गर्ने, देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने जस्ता कार्यक्रम तय गरिएको छ । यस्तै असोज ७ गते राजधानीमा सडक बहस सञ्चालन गर्ने जनाइएको छ । राष्ट्रपतिले संविधानबमोजिम नागरिकता विधेयक पारित नगरेपछि विद्यार्थी संगठन रुष्ट भएका हुन् ।


उज्यालो समाचार

२०८४ को निर्वाचनमा भाग लिने चन्द नेतृत्वको नेकपाको निर्णय

काठमाडौँ महानगरपालिकाले सिप मेला आयोजना गर्ने

समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन

लगानी सम्मेलन सफल अर्थमन्त्री पुन

कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता