भक्तपुर : आज कारोबार हुने हप्ताको अन्तिम दिन सेयर बजार दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले घटेर २ हजार ३ सय ५६ दशमलव २० बिन्दुमा झरेको छ ।
सबै समूहको सेयर आज ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ ।
२ सय २६ वटा कम्पनीका ४५ लाख ७४ हजार कित्ता सेयर १ अर्ब ४९ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् ।
आज सबैभन्दा धेरै गुहेश्री मर्चेन्ट एन्ड फाइनान्स कम्पनीको सेयर झन्डै ४ प्रतिशतले घटेको छ भने आईएमई जनरल इन्स्योरेन्स कम्पनीको ५ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
समग्रमा बजार घटे पनि जाल्पा लघुवित्त कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com