भक्तपुर/ मतदाताहरुलाई आफ्नो पार्टीमा मत खसाल्न प्रेरित गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता विपरित भक्तपुरका दुई वटा नगरपालिकाहरुमा सामान बाँंडिएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका र चाँंगुनारायण नगरपालिकामा राजनीतिक दलहरुले सामान बाँंडेको पुष्टी भएको हो।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले यसको पुष्टी गरेको हो। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाको दुई नगरपालिकामा सामान बाँंडेपछि कार्य क्रम गर्नमै रोक लगाएको जानकारी गराइन्।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसहितको पत्रकारसँंग मंगलबार गरेको निर्वाचनबारेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले एक ठाउँंमा बाँंडिरहेको र अर्काे ठाउँंमा बाँंड्न लागेको थाहा पाएपछि कार्यक्रम नै रोकेको जनाइन्।
‘एक ठाउँंमा राजनीतिक पार्टीले निर्वाचन लक्षित सामान बाँंडिरहेको खवर पाएपछि स्थानीय प्रहरी परिचालन गरी रोकियो,’ उनले थपिन्, ‘त्यहाँं उनीहरुले कम्वल अनि थर्मस वितरण गरिरहेका रहेछन्।’ साथै अर्काे ठाउँंमा भोलि कार्यक्रम हुने र त्यहाँं सामान पनि वितरण गरिने जानकारी पाएपछि कार्यक्रम नै गर्न नदिएको उनले सुनाइन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठले जिल्लामा अहिलेसम्म १८ वटा आचारसंहिताका घटना भएको जानकारी गराए। प्रहरीलाई जानकारी भएपछि त्यस्ता घटना हुन नदिएको उनले बताए। कही प्रहरी पुगेर सम्झाइबुझाइ गरेपछि समस्या समाधान भएको र कही भने अटेर गरेको पाइएको उनले जनाए।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com