ललितपुर, असोज १२ – ललितपुर महानगरपालिका वडा नं २५, बुङमती खोला किनारमा रहेको ३४ परिवार बाढीले क्षति बेहोर्नु परेपछि नेकपा एमाले जिल्ला पार्टी र सम्पर्क मञ्चको पहलमा राहत प्रदान गरिएको छ। असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले ती परिवारहरूको बङ्गुर, हाँस–कुखुरा तथा गाईपालन व्यवसायसहितको बसोबास स्थल बगाएपछि उनीहरू बाढीपीडित बनेका थिए।
यस परिस्थितिमा बाढीपीडित परिवारलाई राहत पुर्याउन नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले आर्थिक संकलन गरी सहयोग प्रदान गरेका हुन्। प्रति परिवार ६,००० रुपैयाँका दरले कुल २,११,००० रुपैयाँ राहत वितरण गरिएको छ। सहयोग वितरणको नेतृत्व नेकपा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले गरेका थिए। उनले बाढीपीडित परिवारहरूसँग प्रत्यक्ष भेटघाट गर्दै समस्या बुझेका थिए र राहत वितरण गरेका थिए।
राहत वितरण टोलीमा बालकृष्ण शिवाकोटी, स्यामकृष्ण बस्नेत, डिल्लि बराइली, तिर्थ खड्का, स्वयं खड्का, जंग गुरुङ, उमेश गुरुङ, उमेश खड्का, रामकृष्ण लो, सहदेव बराइली, माधव खड्का, नविन राउत, निमेश पाठक, दावा शेर्पा, नविन मल्ल, फुर लाक्पा शेर्पा, तिर्थ व खड्का लगायत एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।
सहयोग प्राप्त गरेका पीडित परिवारहरूले यस सहयोगले चाडपर्वको समयमा केही राहत महसुस गराएको बताएका छन्। उनीहरूले पुनःस्थापनाका लागि थप सहयोगको आवश्यकता रहेको जनाएका छन्। बाढीले उनीहरूको बसोबाससँगै सम्पूर्ण व्यवसाय पनि बगाएको हुँदा पुनःस्थापना चुनौतीपूर्ण रहेको पीडितहरूको भनाइ छ।
यस राहत कार्यक्रमको आयोजना गर्न नेतृत्वदायी भूमिका खेलेका पार्वत गुरुङले भने, “हामीले छोटो समयमा सकेको सहयोग प्रदान गरेका हौँ। बाढीले ठूला क्षति पुर्याएकाले आगामी दिनमा पनि थप सहयोग र पुनःस्थापना कार्यमा हाम्रो पार्टी सक्रिय रूपमा संलग्न हुनेछ।”
सहयोगी र सहभागी सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिँदै कार्यक्रममा बाढीपीडित परिवारको जीवनयापनमा स्थायीत्व ल्याउन थप दीर्घकालीन समाधानको योजना अघि बढाउन पनि आवश्यक रहेकोमा जोड दिइएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com