अमेरिकी राष्ट्रपति जो बाइडनले ताइवानको रक्षा गर्न आफू शक्ति प्रयोग गर्न तयार रहेको बताएका छन् । यद्यपि ह्वाइट हाउसका अधिकारीहरूले चीन–ताइवान सम्बन्धबारे अमेरिकाको आधिकारिक धारणा परिवर्तन नभएको बताएका छन् । चीनले ताइवानमा सैन्य आक्रमण गरेमा अमेरिकाले हस्तक्षेप गर्छ कि गर्दैन भन्ने विषयमा वाशिङ्टनले लामो समयदेखि रणनीतिक अस्पष्टता राख्दै आएको छ । चिनियाँ राष्ट्रपति सी जिन्पिङले ताइवानसँग फेरि एकीकरण गर्नुपर्ने बताउँदै त्यो लक्ष्य हासिल गर्न शक्ति प्रयोगको सम्भावित अवस्थालाई अस्वीकार गरेका छैनन् । ताइवानमा स्वायत्त शासन छ। तर चीनले ताइवानलाई चोइटिएर गएको आफ्नो प्रान्तका रूपमा हेर्छ र अन्ततः त्यो फेरि आफ्नै देशको भाग हुने ठान्छ । ताइवानले आफूलाई अलग्गै संविधान भएको र प्रजातान्त्रिक विधिबाट निर्वाचित नेता रहेको स्वतन्त्र राष्ट्रका रूपमा हेर्छ । गत वर्ष अभूतपूर्व सङ्ख्यामा चिनियाँ लडाकु विमानहरूको लर्को ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा देखा परेपछि चीन र ताइवानबीच तनाव बढ्दै गएको छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com