• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ २७, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • २विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।
  • ३अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।
  • ४सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।
  • ५घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।
  • ६रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।
  • ७कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।
  • ८‘मलाई लाञ्छना लगाउने तपाईं को हो?’ – प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई सीधा जवाफ
  • ९बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।
  • १०सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।
  • ११४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!
  • १२भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।
  • १३वीरगन्जको कृषि औजार कारखाना महावीर पुनको मात्र नभई हामी सबै नेपालीको हो : विद्यार्थी प्रनव अर्याल
  • १४अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।
  • १५मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।
होमपेज /  मुख्य समाचार

महानगरपालिका मतपरिणाम ६ महानगरमा मेयरको मतान्तरमा महाफड्को,एमाले सबैमा पछाडी


उज्यालो समाचार May 25, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर/ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगिसकेको छ । स्थानीय तहको निर्वाचन २०७४ को तुलनामा यस पटकको निर्वाचनमा महानगरपालिका प्रमुखले भारी मतान्तर बढाउन सफल भएका छन् ।

कुन महानगरमा कसको कति मतान्तर ?
वीरगञ्ज महानगरपालिका : साढे २२ हजार मतान्तर
वीरगञ्ज महानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंह भारी मतान्तरसहित विजयी भएका छन् । सिंहले ४६ हजार २१५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय कुमार सरावगी २३ हजार ६७१ मतमा रोकिए । महानगर प्रमुखमा सिंह २२ हजार ५५५ मतान्तरले विजयी भए ।

उपप्रमुखमा विजयी नेपाली काँग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत पाए । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले ९ हजार ५६८ मतमात्रै पाए । उपमेयर आलमले २० हजार ५१० मतको फराकिलो अन्तरले जित हासिल गरे ।

वीरगञ्जमा २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रमुखमा उठेका राजेशमान तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीसँग पराजित भएका थिए । सरावगीले १९ हजार ३९३ मत ल्याउँदा राजेशमानले १२ हजार १६५ मत ल्याएर तेस्रो भएका थिए ।

भरतपुर महानगरपालिका : १२ हजारको मतान्तर

चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेनु दाहाल विजयी भएकी छन् । उनले ५२ हजार ३० मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत पाए । रेनुले १२ हजार ४४९ मतान्तरमा जित हासिल गरेकी हुन् ।

उपप्रमुखमा निर्वाचित काँग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत पाइन् । अधिकारीले २२ हजार १९१ मतान्तरमा जित हासिल गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगर प्रमुखमा रेनु दाहाल झिनो मतान्तरले विजयी भएकी थिइन् । नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँग उनले जम्मा २०३ मतको अन्तरमा जित हासिल गरेकी थिइन् । अघिल्लो चुनावमा रेनुले ४३ हजार १२७ मत पाएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका देवी प्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए ।

ललितपुर महानगरपालिका : १८ हजारको मतान्तर

ललितपुर महानगर प्रमुखका लागि काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन फराकिलो मतान्तरले जीत हासिल गरेका छन् । उनले ४२ हजार ७२२ मत पाउँदा एमालेका उम्मेदवार भन्दा १८ हजार १६२ मतान्तरले विजयी बने । उनका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारबीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिबेला महर्जनले २४ हजार ६४२ मत पाएका थिए भने ब्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए । त्यतिबेला चिरीबाबु ३२६ मतान्तरले विजयी भएका थिए ।

पोखरा महानगरपालिका

कास्कीको पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजय बनेका छन् । उनले एमालेका उम्मेदवार कृष्णबहादुर थापाभन्दा ६ हजार ४५ मत बढी ल्याएर जीत हासिल गरेका छन् । आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा थापाले ५२ हजार ८४८ मत पाएका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेका मानबहादुर जिसी ६० हजार १११ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका थिए ।

विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला ३० हजार १७० मत पाएर विजयी भएका छन् । उनी ८ हजार ७१५ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत पाएका छन् ।

२०७४ सालको स्थानीय तह चुनावमा काँग्रेसका भीम पराजुली २३ हजार ३१ मत पाएर विजयी भएका थिए । उनले निकटतम प्रतिस्पर्धी एमालेका विनोद प्रसाद ढकाललाई ५ हजार ७१० मतान्तरले पराजित गरेका थिए । ढकालले १७ हजार ३२१ मत पाएका थिए ।

काठमाडौं महानगरपालिका : २० हजारको मतान्तर

काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५० हजार ३३९ मत पाएका छन् । मतगणना चलिरहँदा उनले झन्डै २० हजारको मतान्तर कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ९५४ मत पाएकी छन् । एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार ३३६ मत पाएका छन् ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट प्रमुखमा निर्वाचित विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत पाएका थिए । उनले काँग्रेसका राजुराज जोशीभन्दा १९ हजार ६४४ मत बढी ल्याएका थिए ।

महानगरबाट बढारियो एमाले

२०७४ सालको स्थानीय तहको निर्वाचनमा देशका ६ महानगरमध्ये २ वटामा एमालेले जितेको थियो । काँग्रेसले २, माओवादी केन्द्रले १ र तत्कालीन संघीय समाजवादी फोरमले १ स्थानमा जित हात पारेका थिए । काँग्रेसले यसअघि जित हात पारेको ललितपुर र विराटनगर महानगर सुरक्षित गरेको छ । उता वीरगञ्जमा यसअघिको संघीय समाजवादी फोरम र हालको जसपाले पनि आफ्नो सिट जोगाउन सफल भएको छ ।

यस्तै माओवादी केन्द्रले भरतपुर महानगरपालिका पनि जोगाउन सफल भएको छ । एमालेले जितेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले र पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी हुने निश्चित भएको छ । महानगरपालिकाको नेतृत्वबाट एमाले बाहिरिन पुगेको छ ।

सम्बन्धित पोस्ट
  • प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।
  • अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।
  • सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

    विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

    अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

    सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

    घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

    रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

    कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

    ‘मलाई लाञ्छना लगाउने तपाईं को हो?’ – प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई सीधा जवाफ

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।

    उज्यालो समाचार

    प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

    विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

    अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

    सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

    घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑