ललितपुर/ख्रीष्टियन मिशन स्कुल लिभिङ स्टोन एकेडेमीले मनपरी शुल्क असुल्दै, सरकारसँग नियमन गर्ने ल्याकत नै छैन।
उज्यालो समाचार डटकममा लगएत अन्य अनलाइनहरुले शुक्रबार बेलुका समाचार प्रकाशन गरेपछि ललितपुर महानगरपालिका शिक्षा शाखाले समाचारका बिषयलाइ गम्भीरतापुर्वक लिदैँ स्कुलका बिषयमा अनुगमन गर्ने भएको छ ।
ललितपुर महानगरपालिका शिक्षा महाशाखाका अधिकृत महेन्द्र शाहीले भने, ‘प्रकाशित समाचारबारे ललितपुर महानगर शिक्षा महाशाखाको ध्यानाकर्षकण भएको छ, २/ ३ दिनभित्र शाखाको टोलीले स्कुलका विषयमा उठेका प्रश्नहरुको अनुगमन गर्नेछ ।’
यता स्कुल प्रशासन भने स्कुलका विषयमा उठेका प्रश्नहरुलाई त्यति गम्भिरतापूर्वक लिएको छैन् । स्कुलका प्रिन्सिपल प्रणय कुमार गुरुङसंग दिउँसो समाचारका बिषयमा बुझ्दा उहाँले स्कुलका शुल्कबारे कार्यालयमा आएर जानकारी लिन बताउनुभयो । स्कुल र्बोडका अध्यक्ष मणी कोइरालासँग फोन सम्पर्क गर्दा आफूलाई स्कुलका बारेमा केही पनि जानकारी नभएको र आफूलाई र्बोडमा बसिदिन मात्र भनेको अन्य कुराहरु आफूलाई केही थाहा नभएको भन्दै पन्छिएका छन् ।
नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष पास्टर हनोक तामाङले नेपालमा विदेशी ख्रीष्टियन मिशनरीले शिक्षामा व्यापार गरेको देख्दा आफूलाई निकै दुःख लागेको बताउनुभयो । उनले भने, ‘मिशनरी भनेको सेवा गर्ने हो व्यापार गर्ने हैन ।’
समाचारका कारण स्कुलका एकपछि अर्को रहस्य खुल्दै गएको छ । स्कुल प्रशासनले केही दिन अघिमात्रै अध्यापन गराइरहेका स्कुलका बिज्ञान शिक्षक ज्ञान नारायण श्रेष्ठलाई बिनाकारण कुनै सूचना बिना कोरियन ख्रीष्टियन मिशनरीले ठाडो निर्देशनमा निकालेको बताउनुभयो । ‘आफुलाई अध्यापन गरुन्जेल कुनै नियुक्ति पत्र पनि नदिएको अहिले आएर आफु निकालिएको सूचना प्राप्त भयो अचम्मित भएको छु, म मात्र हैन अरु शिक्षकको हालत पनि उस्तै छ ।’ उनले भने ।
कोरियन ख्रीष्टियन मिशनरीहरु द्वारा संचालित लिभिङ स्टोन एकेडेमी गूठी अन्तरगत दर्ता भएको छ । ललितपुर महानगरपालिका वडा नं. ४ मा अवस्थित यस स्कुलको संचालक समितिमा वडा अध्यक्ष स्कुलको पदेन सदस्य हुने व्यवस्था भएसँगै स्कुल संचालन गर्न बोर्डको गठन गरेको भएपनि र्बोडका सदस्यलाई कुनै जानकारी पनि नदिई कोरियन मिशनरीले बोर्डको निर्णयलाई समेत हस्तक्षेप गरी आफुलाई जस्तो मन लाग्यो त्यही निर्णय लागु गर्ने गरेको जानकारी प्राप्त छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com