• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ ३०, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • २रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • ३सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • ४कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • ५आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • ६प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • ७विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।
  • ८अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।
  • ९सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।
  • १०घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।
  • ११रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।
  • १२कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।
  • १३‘मलाई लाञ्छना लगाउने तपाईं को हो?’ – प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई सीधा जवाफ
  • १४बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।
  • १५सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।
होमपेज /  समाचार

पर्यटन मन्त्री जीवनराम श्रेष्ठ को हुन् ?


उज्यालो समाचार June 27, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका चार नयाँ मन्त्री थपिएका छन् । जसमा जीवनराम श्रेष्ठ पनि परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार कार्यभार सम्हालेका मन्त्री श्रेष्ठ २०३६ सालको विद्यार्थी आन्दोलनको उभारबाट राजनीतिमा होमिएका थिए ।
त्यसयता एक जुझारु कार्यकर्ता, इमान्दर संगठक र नेकपामा आस्था राख्ने अनि स्थानीय राजनीतिको बलियो खम्बाको रुपमा उनी स्थापित भएका छन् । उनी काठमाडौंको स्थापित राजनीतिक नेताका रुपमा अग्रणी भूमिकामा छन् ।
श्रेष्ठ एकीकृत समाजवादीका केन्द्रीय सचिव, संसदीय दलको प्रमुख सचेतक तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् । स्थानीय राजनीतिबाट प्रशिक्षित उनी काठमाडौंको मुद्दालाई राष्ट्रिय राजनीतिक मञ्चमा उठाउने स्थापित युवा नेतृत्वको रुपमा चिनिन्छन् । पञ्चायती निरंकुशता विरुद्धको आन्दोलन, पहिलो र दोश्रो जनआन्दोलनको तापमा खारिएका उनी अहिले नेपालको राष्ट्रिय राजनीतिमा उपत्यकाका आशा लाग्दा नेताको रुपमा आफूलाई उभ्याउन सफल भएका छन् ।

बाल्यकाल
बुबा कृष्णराम र आमा बसन्तमायाका सन्तानका रुपमा उनको जन्म २०२२ सालमा काठमाडौंको स्वयम्भूस्थित धिमेल्हो टोलमा भएको हो । निम्न मध्यम परिवारमा हुर्किएका उनी सानैदेखि जुझारु र सरल स्वभावका थिए । स्थानीय विद्यालयबाट अध्ययन सम्पन्न गरेका उनी व्यवस्थापन विषयमा स्नातक हुन् । पञ्चायतकालमा सीमित व्यक्तिहरुको पहँुच र प्रभाव बिना आमजनतामाथि उक्लिने सम्भावना नभएको अवस्थाले उनलाई १४ वर्षको कलिलो उमेरमा नै यस विरुद्धको विद्यार्थी आन्दोलनहरुले आकर्षित गर्यो ।

राजनीतिक जीवन

२०३६ सालको आन्दोलनपछि पद्मरत्न तुलाधरको नेतृत्वमा मंका खलःबाट शुरु भएको भाषिक आन्दोलनले उनलाई युवा नेतामा स्थापित गर्दै लग्यो । तत्कालीन नेकपा (माले) बाट शिक्षित हुँदै पार्टीको संगठन निर्माण, विस्तार र नेतृत्वको सुरक्षा जस्ता जिम्मेवारीहरु निर्भिकतापूर्वक पूरा गर्ने क्रममा उनले २०४३ सालमा काठमाडौं वडा नं १५ को सक्रिय दलको सचिव बनी भूमिगत पार्टीको विस्तार कार्यमा महत्वपूर्ण भूमिका खेले ।

उनले २०४६ को जनआन्दोलनमा स्थानिय विद्यार्थी तथा युवाहरुलाई संगठित गर्ने र टोल टोलबाट आन्दोलनलाई उठाउने कार्य गरे । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको प्रारम्भिक अवस्थादेखि नै सक्रिय उनी २०४८ सालमा प्ररायु संघको केन्द्रिय सदस्य हुँदै उपाध्यक्ष भएर कार्य गरेका थिए । पार्टीको भ्रातृ संगठनको रुपमा नेपाल खेलकुद महासंघ स्थापनाको पहलकदमी गर्दै गठन पश्चात् पार्टीको तर्फबाट महासंघको इन्चार्जको भूमिका पनि खेलेका थिए ।

जनताको बीचमा हुर्केका उनी २०४९ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नं १५ को वडाध्यक्षमा निर्वाचित भए । यस जिम्मेवारीले उनलाई राजनीतिक सिद्धान्तमात्र होइन जनताको जल्दाबल्दा समस्यहरु बुझने र त्यसलाई कुशलतापूर्वक समाधान गर्ने कौशलमा पारंगत बनायो । उनको कार्यकालमा विकासमा निकै पछाडि परेको १५ वडामा सडक, ढल, पार्क, आधुनिक वडा कार्यालय, भवन निर्माण जस्ता उदाहरणीय कार्यहरु सम्पन्न भए भने वर्षौंदेखि बेवास्ता गरिएको डल्लु आवास योजनाले गति लियो ।

त्यतिबेला उनले काठमाडौं महानगरपालिका वडा नं १३ का वडाध्यक्ष जीवन मानन्धरको अस्वस्थतापछि उक्त वडाकोसमेत वडाध्यक्ष भइ कार्यभार सम्हालेका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनका विरुद्ध काठमाडौंका जनतालाई सचेत बनाउँदै सडकमा ओराल्ने चुनौतीपूर्ण कार्यलाई उनले कुशलतापूर्वक सम्पन्न गरे । जीवनरामको सफलता र क्षमताको मूल्यांकन गर्दै २०६५ सालको नेकपा एमालेको आठौं महाधिवेशनबाट केन्द्रिय कमिटीमा निर्वाचित भए । साथै उनले काठमाडौं जिल्ला ईन्चार्जको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

२०७१ सालको नवौं महाधिवेशनबाट लोकप्रिय मतसहित उनी दोश्रो कार्यकालको लागि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । २०७२ सालको भूकम्पका बेला राहत र उद्धार कार्यमा आफूलाई दिलोज्यानले समर्पण गरेका श्रेष्ठ जनसरकारको विषयमा आफूलाई सक्रिय बनाउँदै आएका छन् ।

त्यही सक्रियता समग्र निर्वाचन क्षेत्र विकासको दीर्घकालीन योजना र इमानदारीको कदर गर्दै पार्टीले वाम गठबन्धनका तर्फबाट उनलाई संघीय प्रतिनिधिसभा सदस्यको संयुक्त उम्मेदवारको रुपमा प्रतिस्पर्धाको मैदानमा उतारेको थियो ।

उनले सफलता हासिल गरे । उनी सांसद भएसँगै युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने अनुमान धेरैको थियो । किनकि उनी खेलकुदका पर्याय नै हुन् । तर उनले कुनै पनि मन्त्रालयको जिम्मा पाएनन् ।

नेकपा फुट्यो । त्यसपछि नेकपा एमाले फुट्यो । अनि उनी लागे नेकपा एसतिर । र अहिले सोही पार्टीबाट ५–६ महिनाका लागि मन्त्री भएका छन् ।

सम्बन्धित पोस्ट
  • आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।

    रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

    विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

    अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    उज्यालो समाचार

    आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।

    रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑