• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ ११, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • २मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • ३सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ४डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • ५पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ६‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • ७देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • ८(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • ९सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • १०सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • ११रेशम चौधरीको उम्मेदवारी खारेज
  • १२डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • १३सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।
  • १४उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।
  • १५सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  समाचार

पर्यटन मन्त्री जीवनराम श्रेष्ठ को हुन् ?


उज्यालो समाचार June 27, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका चार नयाँ मन्त्री थपिएका छन् । जसमा जीवनराम श्रेष्ठ पनि परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार कार्यभार सम्हालेका मन्त्री श्रेष्ठ २०३६ सालको विद्यार्थी आन्दोलनको उभारबाट राजनीतिमा होमिएका थिए ।
त्यसयता एक जुझारु कार्यकर्ता, इमान्दर संगठक र नेकपामा आस्था राख्ने अनि स्थानीय राजनीतिको बलियो खम्बाको रुपमा उनी स्थापित भएका छन् । उनी काठमाडौंको स्थापित राजनीतिक नेताका रुपमा अग्रणी भूमिकामा छन् ।
श्रेष्ठ एकीकृत समाजवादीका केन्द्रीय सचिव, संसदीय दलको प्रमुख सचेतक तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् । स्थानीय राजनीतिबाट प्रशिक्षित उनी काठमाडौंको मुद्दालाई राष्ट्रिय राजनीतिक मञ्चमा उठाउने स्थापित युवा नेतृत्वको रुपमा चिनिन्छन् । पञ्चायती निरंकुशता विरुद्धको आन्दोलन, पहिलो र दोश्रो जनआन्दोलनको तापमा खारिएका उनी अहिले नेपालको राष्ट्रिय राजनीतिमा उपत्यकाका आशा लाग्दा नेताको रुपमा आफूलाई उभ्याउन सफल भएका छन् ।

बाल्यकाल
बुबा कृष्णराम र आमा बसन्तमायाका सन्तानका रुपमा उनको जन्म २०२२ सालमा काठमाडौंको स्वयम्भूस्थित धिमेल्हो टोलमा भएको हो । निम्न मध्यम परिवारमा हुर्किएका उनी सानैदेखि जुझारु र सरल स्वभावका थिए । स्थानीय विद्यालयबाट अध्ययन सम्पन्न गरेका उनी व्यवस्थापन विषयमा स्नातक हुन् । पञ्चायतकालमा सीमित व्यक्तिहरुको पहँुच र प्रभाव बिना आमजनतामाथि उक्लिने सम्भावना नभएको अवस्थाले उनलाई १४ वर्षको कलिलो उमेरमा नै यस विरुद्धको विद्यार्थी आन्दोलनहरुले आकर्षित गर्यो ।

राजनीतिक जीवन

२०३६ सालको आन्दोलनपछि पद्मरत्न तुलाधरको नेतृत्वमा मंका खलःबाट शुरु भएको भाषिक आन्दोलनले उनलाई युवा नेतामा स्थापित गर्दै लग्यो । तत्कालीन नेकपा (माले) बाट शिक्षित हुँदै पार्टीको संगठन निर्माण, विस्तार र नेतृत्वको सुरक्षा जस्ता जिम्मेवारीहरु निर्भिकतापूर्वक पूरा गर्ने क्रममा उनले २०४३ सालमा काठमाडौं वडा नं १५ को सक्रिय दलको सचिव बनी भूमिगत पार्टीको विस्तार कार्यमा महत्वपूर्ण भूमिका खेले ।

उनले २०४६ को जनआन्दोलनमा स्थानिय विद्यार्थी तथा युवाहरुलाई संगठित गर्ने र टोल टोलबाट आन्दोलनलाई उठाउने कार्य गरे । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको प्रारम्भिक अवस्थादेखि नै सक्रिय उनी २०४८ सालमा प्ररायु संघको केन्द्रिय सदस्य हुँदै उपाध्यक्ष भएर कार्य गरेका थिए । पार्टीको भ्रातृ संगठनको रुपमा नेपाल खेलकुद महासंघ स्थापनाको पहलकदमी गर्दै गठन पश्चात् पार्टीको तर्फबाट महासंघको इन्चार्जको भूमिका पनि खेलेका थिए ।

जनताको बीचमा हुर्केका उनी २०४९ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नं १५ को वडाध्यक्षमा निर्वाचित भए । यस जिम्मेवारीले उनलाई राजनीतिक सिद्धान्तमात्र होइन जनताको जल्दाबल्दा समस्यहरु बुझने र त्यसलाई कुशलतापूर्वक समाधान गर्ने कौशलमा पारंगत बनायो । उनको कार्यकालमा विकासमा निकै पछाडि परेको १५ वडामा सडक, ढल, पार्क, आधुनिक वडा कार्यालय, भवन निर्माण जस्ता उदाहरणीय कार्यहरु सम्पन्न भए भने वर्षौंदेखि बेवास्ता गरिएको डल्लु आवास योजनाले गति लियो ।

त्यतिबेला उनले काठमाडौं महानगरपालिका वडा नं १३ का वडाध्यक्ष जीवन मानन्धरको अस्वस्थतापछि उक्त वडाकोसमेत वडाध्यक्ष भइ कार्यभार सम्हालेका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनका विरुद्ध काठमाडौंका जनतालाई सचेत बनाउँदै सडकमा ओराल्ने चुनौतीपूर्ण कार्यलाई उनले कुशलतापूर्वक सम्पन्न गरे । जीवनरामको सफलता र क्षमताको मूल्यांकन गर्दै २०६५ सालको नेकपा एमालेको आठौं महाधिवेशनबाट केन्द्रिय कमिटीमा निर्वाचित भए । साथै उनले काठमाडौं जिल्ला ईन्चार्जको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

२०७१ सालको नवौं महाधिवेशनबाट लोकप्रिय मतसहित उनी दोश्रो कार्यकालको लागि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । २०७२ सालको भूकम्पका बेला राहत र उद्धार कार्यमा आफूलाई दिलोज्यानले समर्पण गरेका श्रेष्ठ जनसरकारको विषयमा आफूलाई सक्रिय बनाउँदै आएका छन् ।

त्यही सक्रियता समग्र निर्वाचन क्षेत्र विकासको दीर्घकालीन योजना र इमानदारीको कदर गर्दै पार्टीले वाम गठबन्धनका तर्फबाट उनलाई संघीय प्रतिनिधिसभा सदस्यको संयुक्त उम्मेदवारको रुपमा प्रतिस्पर्धाको मैदानमा उतारेको थियो ।

उनले सफलता हासिल गरे । उनी सांसद भएसँगै युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने अनुमान धेरैको थियो । किनकि उनी खेलकुदका पर्याय नै हुन् । तर उनले कुनै पनि मन्त्रालयको जिम्मा पाएनन् ।

नेकपा फुट्यो । त्यसपछि नेकपा एमाले फुट्यो । अनि उनी लागे नेकपा एसतिर । र अहिले सोही पार्टीबाट ५–६ महिनाका लागि मन्त्री भएका छन् ।

सम्बन्धित पोस्ट
  • आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    उज्यालो समाचार

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑