• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण १, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।
  • २२४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।
  • ३खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।
  • ४आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा
  • ५सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।
  • ६आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • ७रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • ८सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • ९कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • १०आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • ११प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • १२विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।
  • १३अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।
  • १४सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।
  • १५घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।
होमपेज /  मुख्य समाचार

बागमती सरकार परिवर्तनको संकेत


उज्यालो समाचार June 30, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/बागमती प्रदेशमा हालसम्म तीन जना मुख्यमन्त्री बनिसकेका छन् । पछिल्लो समय प्रदेशले चौथो मुख्यमन्त्री पाउने चर्चा चल्न थालेको छ ।भागवण्डाअनुसार ६ महिनाका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री भएका हुन् । प्रदेशमा ६/६ महिना सरकार चलाउने गरी भएको सत्ता गठबन्धनका दलहरूको भागवण्डाको विषयले फेरि चर्चा पाउन थालेको हो । अब बाँकी ६ महिना नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पाउने शर्त छ ।

बिहीबार प्रदेश सांसदले मुख्यमन्त्री पाण्डेको राजीनामाको माग्दै हस्ताक्षर संकलन गरिएका छन् । शुक्रबारभित्रमा कुरा टुङ्गो लाग्ने माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले बताए । सोहीअनुसार प्रक्रिया अघि बढिरहेको स्रोतको भनाइ छ ।भागवण्डाअनुसार मुख्यमन्त्री पाण्डेको समय अवधि समाप्त भएको छ । मुख्यमन्त्री पाण्डेले अब अरूलाई पालो दिनुपर्ने भन्दै गठबन्धनमै रहेका नेकपा माओवादी र नेपाली कांग्रेसका सांसदहरूले माग गर्न थालेका छन् ।
पहिलो मुख्यमन्त्रीका रूपमा २८ माघ २०७४ मा तत्कालीन प्रदेश प्रमुख अनुराधा कोइरालाले नेकपा एमालेका डोरमणि पौडेललाई नियुक्त गरेकी थिइन् । एमाले संसदीय दलका नेता पौडेलले बहुमतसहित ५८ जना सांसदको हस्ताक्षर भएको पत्र तथा नेकपा माओवादी केन्द्रबाट समर्थन पाएको पत्रसहित मुख्यमन्त्री नियुक्ति गर्न प्रस्ताव गरेपछि कोइरालाले पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रताव दर्ता भएपछि २ भदौ २०७८ मा उनले पदबाट राजीनामा दिए । उनले बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका ४५ सांसदले मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सो समयमा तत्कालीन मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गरेका थिए ।
त्यसपछि आफ्नै मातहतको मुख्यमन्त्री राख्नका लागि २ भदौ २०७८ को राति नै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरियो । त्यति मात्रै होइन राति नै तत्कालीन प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंबाट पद तथा गोपनीयताको शपथसमेत खुवाइयो ।

प्रथम मुख्यमन्त्री पौडेलले नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएपछि माधवकुमार नेपाल पक्षकी शाक्यलाई अध्यक्ष केपी शर्मा ओली पक्षले दलको नेता चयन गरेको थियो । पौडेल स्वयंले शाक्यलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । दलको नेता भएपछि एमालेको सिफारिसमा संविधानको धारा १६८ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएकी शाक्यले मुख्यमन्त्रीको पद दुई महिना ८ दिन मात्रै सम्हाल्न पाइन् । १० कात्तिक २०७८ मा उनले प्रदेश प्रमुख प्रसाईंसमक्ष राजीनामा बुझाइन् ।

दोस्रो मुख्यमन्त्री शाक्यको राजीनामापछि बागमती प्रदेशको अर्का मुख्यमन्त्रीको रूपमा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डेले मौका पाए । ११ कात्तिक २०७८मा प्रदेशप्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेलगत्तै पाण्डेले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।

गठबन्धनमा रहेका माओवादीबाट २३, कांग्रेसबाट २२, एकीकृत समाजवादीबाट ११ र जसपाबाट एक गरी ५९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेको मुख्यमन्त्रीको पद पछिल्लो समय धरापमा परेको छ । ६/६ महिनाको लागि लिखित सम्झौता गरेका मुख्यमन्त्री पाण्डेको समय सकिए पनि पद छोड्न भने मन गरेका छैनन् ।

बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर उठेका प्रश्नहरुको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुने मुख्यमन्त्री पाण्डेले बताएका छन् । प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको समाचार प्रकाशित भएसँगै मुख्यमन्त्री पाण्डेले ट्विटरमार्फत त्यस विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका हुन् ।

सम्बन्धित पोस्ट
  • भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।
  • २४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।
  • खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।
  • आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।

    २४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।

    खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।

    आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।

    रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    उज्यालो समाचार

    भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।

    २४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।

    खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑