६ साउन २०७९
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले स्वास्थ्य बीमाका विषयमा धेरै समस्या देखिएमो भन्दै स्वास्थ्य बीमा भुक्तानीका देखिएका समस्याहरु समाधान गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै, अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गर्न जाँदा धेरै समस्या झेल्नुपरेको भन्दै यस्ता समाधानहरु पनि दिर्घकालिन रुपमा नै समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिए।
बैठकले सरकारीभन्दा पनि नीजि अस्प्तालमा बीमा भुक्तानीको समस्या भएको गुनासो आएको भन्दै ऐन कानुनको व्यवस्थाअनुसार समस्या हल गर्न पनि निर्देशन दिएको छ ।
त्यस्तै बैठकले शहीद गङ्गालाल हृदय रोग केन्द्रमा अक्सिजिनेरेटरको अभाव भएका कारण शल्यक्रिया गर्न नै कठिन भएको गुनासो आएको भन्दै छिटो भन्दा छिटो आवश्यक मेसिनको व्यवस्था गर्न पनि निर्देशन दिएको सभापति घर्तीले जानकारी दिइन्।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी प्रसाद खापुङले चालू बजेटमा सरकारी र सामुदायिक स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्यबीमा लागू हुने उल्लेख भएकाले केहि समस्या देखिएको बताए । बीमाको क्षेत्रमा त्रुटि भए सच्याउन सरकार तयार रहेको उनको भनाइ छ।
यस्तै, उनले अहिले मुलुकका कोरोना खोप अभाव नभएको भन्दै स्थानीय तहले पनि खोप अभियान सञ्चालन गर्न सक्रियता देखाउनुपर्ने बताए।
बैठकमा समिति सदस्यहरुले स्वास्थ्य बीमालाई थप प्रभावकारी र सहज बनाउन राज्य गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com