• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ २७, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।
  • २सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।
  • ३घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।
  • ४रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।
  • ५कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।
  • ६‘मलाई लाञ्छना लगाउने तपाईं को हो?’ – प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई सीधा जवाफ
  • ७बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।
  • ८सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।
  • ९४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!
  • १०भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।
  • ११वीरगन्जको कृषि औजार कारखाना महावीर पुनको मात्र नभई हामी सबै नेपालीको हो : विद्यार्थी प्रनव अर्याल
  • १२अरनिको राजमार्गमा पर्ने साँगा–धुलिखेल सडकखण्डको काम ,बर्षाको कारण रोकियो ।
  • १३मलेशियालाई ९ विकेटले हराउँदै ,नेपाल ’यू–१६ इस्ट जोन कप’ को फाइनलमा ।
  • १४अध्यक्ष नेपाल माथिको कटाक्षपछि: झाक्रीलाई सोध्यो स्पष्टीकरण।
  • १५देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?
होमपेज /  मुख्य समाचार

राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप


उज्यालो समाचार July 28, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । गठबन्धन सरकारको हस्तक्षेपको तारो राष्ट्रिय अनुसन्धान विभाग बन्न पुगेको छ । निजामती प्रशासन र नेपाल प्रहरीमा एकपछि अर्को हस्तक्षेप गर्दै आएको सरकारले दलीय भागबन्डा पु-याउन राष्ट्रिय अनुसन्धान विभागमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी ) दरबन्दी थप्ने गृहकार्य अन्तिम चरणमा पु-याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागमा प्रधानमन्त्री शेरबहादुर देउवाकै रुचिअनुसार नयाँ एआईजी थप गर्न लागिएको हो । आवश्यकताका आधारमा भन्दा पनि नेताहरूको रुचिअनुसार एआईजी पद थप गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक यदुलाल खरेलले आगामी भदौ २३ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउँदै छन् । त्यसअघि नै एक नयाँ दरबन्दी थप्ने गृहकार्य गरिएको हो ।

गुप्तचरको प्रमुख को हुने भनेर अझै निश्चित भएको छैन । एआईजी दरबन्दी दुईओटा बनाएर सरकारले त्यसलाई थप विवादित बनाउने गृहकार्य थालेको हो ।

विभागमा अहिले एआईजी दरबन्दी खाली छ । एउटा मात्र रहेको एआईजी दरबन्दीमा कुलदेव थापा एक साता मात्र रहेर साउन ३ गते अवकाशमा गएका थिए । थापालाई असारको अन्तिम साता एआईजीमा बढुवा गरिएको थियो । त्यसअघि वैशाखदेखि सो दरबन्दी रिक्त थियो ।

एआईजीको रिक्त दरबन्दीमा अहिले चार जना प्रत्यासी छन् । हुतराज थापा, ओम जोशी, हरिहर पौडेल र सुनिल ढकाल दाबेदारका रूपमा रहेका हुन् । उनीहरू एउटै मितिमा डीआईजी बनेका थिए ।

एआईजी नबनेको अवस्थामा उनीहरूले आगामी भदौ १२ मा अनिवार्य अवकाश पाउनेछन् । डीआईजीको पाँचवर्षे पदावधिका कारण उनीहरू अवकाशमा जाने भएका हुन् । त्यही कारण शक्ति केन्द्रले आपूmनिकटलाई अनुसन्धान विभागको प्रमुख बनाउन चलखेल अघि बढाएका हुन् ।

यी चार जनामध्ये एकले भावी नेतृत्वको जिम्मेवारी पाउनेछन् । चारमध्ये दुई जनालाई एआईजी बनाउँदा दुवै जना पालैपालो प्रमुखका रूपमा रहन सक्ने भएकाले पनि राजनीतिक शक्तिकेन्द्रको साँठगाँठमा एआईजीको अर्को दरबन्दी थप्ने गृहकार्य गरिएको हो । एआईजी बनेपछि तत्कालका लागि उनीहरूको सेवा अवधि लम्बिनेछ र दुवै जनाले संगठनको नेतृत्व गर्न सक्ने सम्भावना रहने बताइन्छ ।

हाल बढुवा उम्मेदवार रहेकामध्ये थापा माओवादी केन्द्रनिकट मानिन्छन् । रोल्पा स्थायी घर भएका थापालाई बढुवा गर्नैपर्ने माओवादीको अडान रहेको स्रोतको दाबी छ । यस्तै, अर्का प्रत्याशी ओम जोशी नेपाली कांग्रेसनिकट मानिन्छन् । प्रधानमन्त्री देउवा जोशीलाई बढुवा गर्ने तयारीमा रहेकाले थप समस्या देखिएको हो । अतः काग्रेस र माओवादी दुवै दललाई भागबन्डा पु¥याउन एआईजी जस्तो महत्वपूर्ण पद थप्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।
  • सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।
  • घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।
  • रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

    सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

    घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

    रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

    कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

    ‘मलाई लाञ्छना लगाउने तपाईं को हो?’ – प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई सीधा जवाफ

    बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।

    सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।

    उज्यालो समाचार

    अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

    सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

    घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

    रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।

    कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑