भक्तपुर/नेपालका लागि भारतका नवनियुक्त राजदूत ओहोदाको प्रमाणपत्र पेश गरेपछि भेटघाटमा व्यस्त हुनुभएको छ । अस्ति दिउँसो राष्ट्रति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि उहाँ लगत्तै बालुवाटार पुग्नुभएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेपछि हिजो उहाँ पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुग्नुभएको हो । बिहान ब्रेकफाष्टपछि त्यहाँ पुग्नुभएका राजदूत लञ्चको समयमा लैनचौर आइपुग्नु भएको हो ।
बालकोटमा राजदूत नवीन श्रीवास्तव,पोलिटिकल अफिसर प्रसन्न श्रीवास्तव,दूतावासका प्रवक्ता नवीनकुमार पुग्नुभएको हो । एमालेका तर्फबाट अध्यक्ष ओली मात्र सहभागी हुनुहुन्थ्यो ।
हिजै भारतीय राजदूतले सिंहदरबार पुगेर परराष्ट्रमन्त्रीसँग भेट गर्नुभयो । उहाँले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग आधा घण्टा भेटवार्ता गर्नुभयो । त्यहाँको भेटघाटमा राजदूत श्रीवास्तवसँगै प्रसन्न श्रीवास्तव पनि रहेको बताइन्छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com