• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ ११, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • २मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • ३सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • ४डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • ५पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ६‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • ७देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • ८(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • ९सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • १०सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • ११रेशम चौधरीको उम्मेदवारी खारेज
  • १२डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • १३सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।
  • १४उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।
  • १५सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

चिनियाँ नेता लिउको भेटघाट जारि


उज्यालो समाचार July 13, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर/ चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपालका प्रमुख वामपन्थी शक्तिहरु मिलेर अघि बढेको हेर्ने चीनको चाहना रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेका लिउले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेर वाम एकताको चाहना प्रकट गरेका हुन् ।

नेकपा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीका नेतासँग सोमबार र मंगलबार भएका भिन्नाभिन्नै भेटमा चिनियाँ नेता लिउले वामपन्थी शक्तिबीचको एकता भए ‘चीनलाई राम्रो लाग्ने’ बताएको ती भेटमा सहभागी नेताहरुले जानकारी दिएका छन्। ‘साइलेन्ट डिप्लोम्यासी’मा माहिर मानिने चिनियाँ नेताले नेपालका वाम दलहरु मिल्ने वा नमिल्ने विषय यहाँका पार्टीको नितान्त आन्तरिक विषय भएको पनि बताउन छुटाएनन्।

ओली निवास बालकोटमा मंगलबार झण्डै ६ घण्टा भएको कुराकानीमा चिनियाँ नेता लिउले विगतमा जस्तै नेपालमा वामपन्थी शक्तिबीच एकताको सम्भावना कति छ भनेर जिज्ञासा राखेको उक्त भेटमा सहभागी नेताहरुले जानकारी दिए। चिनियाँ नेता लिउले कांग्रेस, कम्युनिस्ट लगायत नेपालका सबै राजनीतिक दलसँग चिनियाँ कम्युनिस्ट पार्टीले समान सम्बन्ध राख्न चाहेको बताएका थिए।

‘लिउले नेपालका कम्युनिस्ट पार्टी मिलेको चीनलाई राम्रो लाग्ने बताउनुभयो। तर नेपालमा वाम पार्टी मिल्ने वा नमिल्ने आन्तरिक कुरा भएकाले त्यसका लागि चीनले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो’ भेटमा सहभागी एकजना एमाले नेताले नेपालखबरसँग भने।

प्रत्युत्तरमा एमाले अध्यक्ष ओलीले आफू वामपन्थी शक्तिबीच एकताको विपक्षमा नरहेको बताएका थिए। ‘विगतमा वामपन्थी शक्तिबीच फुट हाम्रा कारणले आएको थिएन, अहिले पनि हामीलाई मिल्न आपत्ति छैन। यद्यपि तत्काल हामी कसैसँग एकता गरिहाल्न गइरहेका छैनौं, एक्लै चुनाव लड्ने हाम्रो नीति छ’ ती नेताका अनुसार ओलीले चिनियाँ नेतासँग भने।

नेपालमा संसदीय चुनाव नजिकिँदै गर्दा चीनले नेपालका वामपन्थी दललाई मिल्न पहल गरिरहेको हुनसक्ने चर्चा भएका बेला चिनियाँ नेता लिउले ठूला वामदल मिलेको हेर्न चाहेको चिनियाँ चाहना अभिव्यक्त गर्नुलाई अर्थपूर्ण मानिएको छ।

मंगलबारै सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत सम्मानित नेता झलनाथ खनालसँग पनि चिनियाँ नेता लिउले भेटेका थिए। होटल एभरेष्टमा भएको भेटमा चिनियाँ नेता लिउले विचार मिल्ने पार्टीसँग मिलेर जान सुझाव दिएका थिए।

सम्बन्धित पोस्ट
  • आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै
  • मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्
  • सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा
  • डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    उज्यालो समाचार

    आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान हुँदै

    मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन एमालेलाई जिताउनुहोस्

    सजिलो बाटो छोडेँ, चुनौती स्वीकारें:गगन थापा

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑