• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर २१, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • २हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • ३‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण
  • ४बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते
  • ५ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?
  • ६राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।
  • ७बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार
  • ८आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।
  • ९३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
  • १०साविक विजेता जनकपुरले एनपीएलमा पहिलो जित दर्ता गर्यो
  • ११बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट
  • १२एनपीएल क्रिकेटमा चितवनले दियो जनकपुरलाई एक सय ७७ रनको लक्ष्य
  • १३माछा मार्ने क्रममा दहमा डुबेर एक पुरुषको मृत्यु ।
  • १४ओमान र मलेशियाबीच प्रतिस्पर्धा, यूएईले दियो नेपाललाई १ सय ४८ रनको लक्ष्य ।
  • १५विश्व एड्स दिवस नेपालमा पनि मनाइँदै, ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

एमाले अध्यक्ष ओलीको प्रश्नः प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?


सुबाश चौलागाईं September 10, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकता विधेयकलाई तनावको विषय बनाएको आरोप लगाएका छन्।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सरकारले पाखुरा देखाएर, तनाव बढाएर समस्या समाधान नहुने बताएका हुन्।
सत्ता गठबन्धनले बाहिरै बसेर बाहिरै निर्णय गरेर अहंकार देखाएको ओलीको टिप्पणी छ। ओलीले भने, ‘राष्ट्रपतिले पठाएको प्रस्तावलाई हेर्दा पनि हेर्दैनौँ भनेर पास गरेर उद्दण्डता देखाउने? यति बेसोमती कुनै सत्ता पक्ष हुन्छ? यति अहंकारको भाषा बोल्छ?’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने विषय उठाएकोबारे ओलीले प्रश्न गरे, ‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो?’

संसद तर्क, बहस र विधि विधानले चल्ने र त्यसैअनुसार अघि बढ्नुपर्ने उनले बताए। सरकारले हरेक कुरामा निहुँ खोज्ने र प्रतिपक्षलाई आरोप लगाएर, भ्रम फिजाएर भोटको राजनीति गर्न खोजेको ओलीको टिप्पणी छ।

उनले भने, ‘संसद भनेको तर्कले, बहसले चल्ने कुरा हो र त्यसका विधि विधान छन्। त्यो विधि विधानअनुसार जानुपर्छ। अहिले सरकारले तनाव बढाउन खोजेको हो। हरेक कुरामा तनाब बढाउने, हरेक कुरामा निहुँ खोज्ने, हरेक कुरामा प्रतिपक्षलाई आरोप लगाएर भ्रम फिजाउने र भोटको राजनीतिक गर्न खोज्ने उनीहरुको तरिका हो।’
केही व्यक्तिले आफ्नो परिवारका लागि राष्ट्रिय राजनीतिलाई नै बर्बाद पार्न खोजेको उनको आरोप छ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने कुरामा एमाले सहमत रहेको भन्दै सरकारले अहिलेको विधेयक फिर्ता लिएर नयाँ संशोधन ल्याउनु पर्ने ओलीले बताए। उनले भने, ‘जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्छ। वंशजका आधारमा नागरिकता पाउनेछन् भन्ने दुई लाइन संशोधन ल्याए हुन्छ।’
साथै ओलीले स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगको भूमिका कमजोर देखिएको पनि बताए।

सम्बन्धित पोस्ट
  • धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण
  • बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?

    राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।

    बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार

    आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी, धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै ।

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    बिहान शव फेला परेको धोबीखोलामा: नागरिककै पहलमा फलामे बार

    बाजुराको मार्तडीमा भीषण आगलागी, फर्निचर पसल र ग्यारेज जलेर नष्ट

    उज्यालो समाचार

    धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी

    हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।

    ‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

    बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते

    राष्ट्रिय सभा चुनावमा १३ वटा राजनीतिक दलले निर्वाचन चिह्न प्रदान गरे ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑