काठमाडौ, १६ सेप्टेम्बर २०२४ — ३७औँ विश्व ओजोन दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जलविज्ञान तथा मौसम विज्ञान विभाग (CDHM) र अन्तर्राष्ट्रिय विश्वविद्यालय जलवायु गठबन्धन (IUCA)को सहकार्यमा “ओजोनको लागि जीवन: शैक्षिक क्षेत्र, व्यवसायिक तथा नीति-निर्माताहरूको भूमिका” शीर्षकमा आधा-दिनको कार्यशाला सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा विज्ञान तथा प्रविधि संस्थान (IoST)का डीन प्रा. डा. बिनिल अर्याल, विज्ञान र प्रविधि मन्त्रालयका सचिव बिष्णु बाबु पुडासैनी, इन्जिनियरिङ संस्थान (IoE)का प्राध्यापक प्रा. डा. खेम पौडेल, र आइसीमोडका वरिष्ठ वैज्ञानिक डा. भुपेश अधिकारीलगायतका प्रतिष्ठित वक्ताहरूले छलफल गरे।
उक्त कार्यशालामा वक्ताहरूले ओजोन तह संरक्षणमा शैक्षिक क्षेत्र, व्यवसायिक र नीति-निर्माताबीचको सहकार्यको महत्त्वलाई जोड दिए। छलफलमा ओजोनसँग सम्बन्धित पाठ्यक्रम शैक्षिक क्षेत्रमा समावेश गरी अनुसन्धान अभिवृद्धि गर्ने, ओजोन तहलाई हानि पुर्याउने पदार्थको नियन्त्रण तथा फेज-आउट योजनाबारे छलफल भयो। नीति-निर्माणमा शैक्षिक क्षेत्रको योगदान र प्रभावकारी नीतिहरूको अभावमा फोकस गरिएको थियो।
कार्यक्रमको समापनमा सहभागीहरूले ओजोन तह संरक्षण र दीगो भविष्यका लागि सामूहिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
उक्त कार्यशालाको बारेमा विस्तृत छलफल उज्यालो समाचार टकमा पनि गरिएको थियो, जसमा ओजोन तह संरक्षणमा शैक्षिक क्षेत्रको भूमिका र आगामी योजनाबारे छलफल भयो।
विश्व ओजोन दिवसको यस वर्षको नाराको रुपमा “ओजोनको लागि जीवन” तय गरिएको थियो, जसले पृथ्वीको वातावरणलाई सुरक्षित राख्न सामूहिक जिम्मेवारीको आवश्यकता झल्काउँछ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com