भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्कदै लाग्नु भएको हो । गएको भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियान्जिनतर्फ प्रस्थान गर्नुभएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसहित विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखसँग भेटवार्ता गर्नुभएको थियो । सीसँगको भेटमा प्रधानमन्त्री ओलीले भारत–चीनबीच हालै लिपुलेक मार्ग हुँदै सीमा व्यापारसम्बन्धी भएको समझदारीको प्रसङ्ग उठाउँदै दुई देशबीचको सहमतीमा आपत्ति जनाउनुभयो । उहाँले हिजो बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुभयो ।
दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको अवसरमा चीनले आज राजधानी बेइजिङमा सैन्य परेड आयोजना गरेको छ । परेडको प्रधानमन्त्री ओलीले अवलोकन गर्नुहुनेछ । यस्तै, उहाँले यसअघि शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो । नेपाल सन् २०१६ देखि एससीओ सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com