भक्तपुर सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि भक्तपुरका केही क्षेत्रमा प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको चाँगुनारायण र भक्तपुर नगरपालिका भित्रका क्षेत्रमा बिहान साढे ८ बजेदेखि अर्को आदेश नआएसम्मका लागि कफ्र्यु आदेश जारी भएको हो ।
भक्तपुरको जडिवुटीदेखि साँगा, पेप्सिकोला मनोहरादेखि निकोसेराचोक र राधेराधेसम्म, कौशलटारदेखि बालकोटसम्म, बाखाबजार कोरियन अस्पताल, सल्लाघारीदेखि कमलविनायक, खरिपाटी हुँदै नगरकोटसम्म कफ्र्यु जारी भएको छ । यसैगरी, च्यामासिंह, ताथली हुँदै नालासम्म, दुवाकोटदेखि नेपाल इन्जिनियरिङ कलेजसम्म र देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म कफ्र्यु लागेको छ ।
प्रशासनले स्थानीयवासीलाई आवश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । सुरक्षाकर्मीहरूलाई सतर्क अवस्थामा खटाइएको छ भने नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही हुने चेतावनी दिइएको छ । कफ्र्यु आदेशले दैनिक जनजीवन प्रभावित भएको छ । बजार, यातायात र सार्वजनिक स्थल पूर्ण रूपमा बन्द भएका छन् । भने विद्यालय र कार्यालयहरू पनि स्थगित भएका छन् । प्रशासनले शान्ति र सुरक्षाको लागि सबैलाई सहयोग गर्न अपिल गरेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com