भक्तपुर– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टचार गरेको आरोपमा ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । यस्तै एउटा चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
अख्तियारले आज विशेष अदालतमा दायर गरेको मुद्दामा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो कायम गरेको छ । अख्तिायरले गरेको अनुसन्धानमा अनियमितता ठहर भए अनुसार बिगो कायम गरी मुद्दा दायर गरेको आयोग ले जनाएको छ ।
भ्रष्टाचार मुद्दा लाग्नेहरूमा पूर्वमन्त्रीहरू पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दीपक अमात्य छन् । पूर्वमन्त्री बोगटीको निधन भइसकेकाले उनकी श्रीमती राममायालाई बिगो जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । अर्का पूर्वमन्त्री डा. महत अल्जाइमर्स रोग लागेर विस्मृतिमा पुगेका छन् । मुद्दा लागेका मन्त्रीमध्ये डा. महत पूर्वअर्थमन्त्री हुन् भने बाँकी पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन् ।
यस्तै भक्तपुर नलिञ्चोक हेलिपोर्टको भ्रष्टाचार मुद्दामा अहिले हिरासतमा रहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि मुछिएका छन् । त्यस्तै समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमिल्सिनालाई पनि पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दा लागेको छ ।
उपसमितिले विमानस्थल निर्माणमा झन्डै १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित प्रतिवेदन समितिलाई बुझाएको थियो । समितिले थप अनुसन्धानका लागि अख्तियारलाई पठाएको हो ।
पोखरा विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना हो । २०६५ सालदेखि अध्ययन शुरू गरेर २०७९ सालमा निर्माण सम्पन्न भएको यो विमानस्थल घोटाला प्रकरणमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले समेत २०८२ सालको वैशाखमा कैफियत देखाउँदै अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com